२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको हिमचुली डेरी उद्योग बन्द, यस्तो छ कारण

१३ असार २०७५, बुधबार ०७:०३

असार १३, कालीकोट | जिल्लामा पहिलोपटक सञ्चालनमा आएको हिमचुली डेरी उद्योग बन्द भएको छ । 

हिमचुली कृषि सहकारी संस्थाले सञ्चालन गरेको उक्त डेरी उद्योग दूधको अभावमा बन्द भएको हो । 

संस्थाले २०६८ भदौमा सञ्चालनमा ल्याएको डेरी उद्योग जनशक्ति अभावका कारण २०७२ जेठमा पनि बन्द भएको थियो । कृषकले डेरीलाई भन्दा बजारमा बिक्री गर्न थालेपछि डेरीमा दूध अभाव भएको हो । 

दूध अभावका कारण डेरी बन्द गर्नुपर्ने अवस्था आएको सञ्चालक मनिचन्द बराल बताउनुहुन्छ । “पहिला दैनिक ३० लिटरसम्म दूध आउने गथ्र्यो,” उहाँले भन्नुभयो, “चैत महिनायता दूधको मात्रा कम हुँदै गएकाले बन्द गर्नुपरेको हो ।” 

सदरमुकाम आसपासका सिंयाला, बराँतु, गल्लीलगायतका ठाउँका कृषकले डेरीलाई दूध बिक्री गर्दैआएका थिए । डेरी उद्योग जिल्ला पशु सेवा कार्यालयको रु एक लाख अनुदान तथा युवा स्वरोजगार कार्यक्रमको रु नौ लाख लगानीमा सञ्चालनमा आएको हो । 

हिमचुली कृषि सहकारी संस्थाका लेखापाल जगेन्द्रप्रसाद आचार्यले सहकारी र स्थानीय कृषकको साझेदारीमा डेरा सञ्चालनमा जोड दिइने बताउनुभयो । जिल्लामा सरकारी अनुदानमा डेरी सञ्चालन कागजमा मात्र सीमित छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट