२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आफ्नै छोरी वलात्कार गर्ने एक बाबु जेलमा अर्को हिरासतमा

१३ असार २०७५, बुधबार १०:१५

प्रेम सुनार | असार १३, गुल्मी | गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केहि दिन विचमै दुई छोरीहरु आफ्नै  बाबुबाट वलात्कृत भएका छन् । केहि दिन अघि १७ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु जेल चलान भई सकेको र अर्को १६ वर्षिया छोरीलाई वलात्कार गर्ने अन्दाजी ४० वर्षिय वावुलाई मंगलवार मुद्धा दर्ता गरी हिरासतमा लिईएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्युठान प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिएको जानकारी अनुसार  जेल चलान भएका छोरी वलात्कारी वावु पक्राउ गर्न जाने क्रममा विष सेवन गरी मर्न चाहेको र निजलाई अस्पतातमा पुराएर बचाई जेल चलान गरिएको हो ।

निजले  १४ वर्षकै उमेर देखि अर्थात गत तीन वर्षदेखि छोरी वलात्कार गर्दै आएको खुलेको उनले जानकारी दिए ।  छोरी वलात्कार गर्ने दुवै वावुका श्रीमति भए पनि घर नभएको वेलामा उनिहरुले त्यस्तो कुकर्म गरेको प्रहरीको भनाई छ ।

त्यस्तै हिजो मुद्धा दर्ता भएका अर्का वावुले  १६ वर्षिया नावालिका छोरी वलात्कार गरेको भन्दै डिएसी पोखरेलले यस्ता घटना आफुहरुले खोजी खोजी पिडितलाई न्याय दिलाउन सक्रिय हुँदै आएको पोखरेलको भनाई छ ।

उनले प्रहरी, अन्य सरोकारवाला नागरिकहरुसंग सहकार्य गर्दै जनचेतना मुलुक कार्यक्रमहरु सञ्चालन गरिएको बताए । केहि दिन अघि त्यसै प्युठानमाा दाजु वहिनी विच प्रेम सम्वन्ध पछि भागी विवाह गरेको तर त्यसलाई परिवारजनले छुटाउन चाहे पछि विष सेवन गरी एकै साथ देह त्याग गरेको विषयलाई पनि अभिभाकहरु अव सचेत हुनु पर्नेमा उनले सुझाए ।

‘उनिहरुको प्रेममा मिलन कि मृत्युको जुन समर्पण देखियो, त्यसबाट अव अभिभावकहरुले मनोविज्ञानिक रुपले हल गर्नु पर्ने देखियो ’– उनले भने–यस्ता कुराहरुबाट सवै सचेत हौं । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…