२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्यानमारा बन्दै जोरपाटी सडकखण्ड, सम्बन्धित निकाय अझै मौन

२०७५, १४ असार बिहीबार ०६:४०

भिम लामा/असार १४, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका अन्र्तगत जोरपाटी, नारायाणटार र वेशीगाउँ आसपासमा वर्षातको समयमा मात्र होईन हिँउदे समयमा पनि हिलाम्य र यततत्र सडकको कन्दविजोक बनिरहेको छ । 

सडकको यस्तो दुरावस्थामा निर्वाचित जनप्रतिनिधि तथा सम्बन्धित निकाय भने आफैले स्वीकृत गरिएका बजेटबाट सञ्चालित संघसंस्थाको सभा सम्मेलनमा सहभागी हुन भ्याई नभ्याई छन् । निर्वाचित भए पश्चात पहिलो प्राथामिकता सरसफाई र निर्माण कार्यलाई बढुवा दिने कसम खाए पनि १३ महिना बितिसक्दा त्यो कार्य भने पुरा गर्न सकेका छैनन् । 


नेपाली काँग्रेसबाट गोकर्णेश्वर नगरपालिकामा मेयर निर्वाचित भएपछि सन्तोष चालिसेले कार्यभार सम्हालेकै दिन तत्कालिन नगरका समस्या फोहोरमैला रहेको भन्दै त्यसको तत्काल समाधान गर्न प्रयास थालिएको थियो। 

फोहोरमैला व्यवस्थापनकै लागि जापानमा समेत पुगेर तालिम प्राप्त गरेको बताउँदै असार मसान्तसम्म प्रविधियुक्त विधि झिकाएर गोकर्णेश्वर फोहोरमुक्त बनाउने उनको लक्ष्य रहेको हरेक सार्वजनिक कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्दै आएका छन् । तर जोरपाटीकै परिसरमा जथाभावी फोहोर फालिएको अझै हामी माझ छर्लङ्ग छ । 


यो दृश्य देख्न सक्नुहुन्छ जहाँ फोहोर वस्तु फालिएमा रु ५ हजारदेखि १५ हजारसम्म जरिवाना लाग्ने भनेर बौद्ध–जोरपाटी सरसफाई व्यवस्थानको सूचना टाँसिएको छ । त्यही सूचनाकै मुनिपट्टि यसरी फोहोर थुपारी राखेका छन् यसबाट के शन्देश दिने ?

त्यस्तै अर्को दृश्य रहेको छ कृषि विकास बैंक अगाडी सानो देवताको मूर्ति जस्तो पनि देखिन्छ त्यहीनिर फोहोर फालिएका छन्, यसमा कस्को दोष हो ? फोहोरमैला व्यवस्थापनकै शीर्षकमा नगरबाट लाखौ बजेट महिला संघसंस्था तथा टोलसुधार समितिलाई उपलब्ध गराइएको छ त्यसको परिणाम यहि हो त ? यहाँ तालिमको नाममा रकम खर्चिएका छन् हैन भने दक्ष र चेतनशील व्यक्ति किन उत्पादन गर्न सकिएन ? व्यवस्थापनसम्बन्धि तालिम लिदै जथाभावी फोहोर फल्न त नपाईने होईन र ? संघसंसस्था, टोल सुधार समिति र नगरलाई नै चुनौति सावित  बनेको छ । 


त्यस्तै निर्माण कार्यलाई तिब्रता दिने प्रतिबद्धता दिएका मेयर चालिसे लगायत वडाका जनप्रतिनिधिहरु आँखामा पट्टि बाँधिरहेका छन् । अव्यवस्थित सडककै कारण धेरै सवरी दूर्घाटना हुने स्थानको रुपमा जोरपाटी क्षेत्र अग्रस्थानमा छ । ठूला नेता, सांसद, मन्त्री, कर्मचारी र व्यवसायी पनि यहि बस्छन् ।  महाँगा र चिल्ला गाडीमा सवार हुन्छन् । तिनीहरुलाई के थाहा पैदलयात्री र सार्वजनिक सवरी साधनमा यात्रा गर्नेहरुको पिडा ? खाल्डै खाल्डा, त्यसमाथि सडक विचमा निस्किएका रडहरुले अस्तव्यस्त बनेका जोरपाटी क्षेत्र पछिल्लो समयमा ज्यानमारा बन्दै गएको छ । त्यसमाथी पानी ट्यांकरको ज्यादादी र बिग्रिएका सडकको अवस्थाले पटक–पटक दूर्घाटनामा ज्यान गुमाईसकेका छन् । देशकै सबैभन्दा ठूलो संस्था खगेन्द्र नवजीवन पनि यहि छन् जहाँ शारिरिक, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु बसोबास गर्छन् । दैनिक रुपमा ह्वील चियर गुडाउँदै र सेतो छडिको सहारामा आफ्नो कार्यक्षेत्र हिडडुल गरेका तीनिहरु हाम्रो लागि राज्यले नै अन्याय गरिरहेको छ । भागवानले त यस्तो बनायो देश बनाउने शासकहरुले पनि अन्याय गरियो झन यो जोरपाटीको बाटो त हाम्रो लागि एम्बुस थापेर राखे बराबर भएको उनीहरुको गुणासो छ ।  यसतर्फ जनप्रतिनिधि र सरोकार पक्षको ध्यान पुग्नै पर्छ । 

त्यस्तै बौद्ध पिपलबोट स्तुपा अस्पताल अगाडी देखिएको यो सडक विचको ठाडो रडले के संकेत गराईरहेका छन् त्यो त सम्बन्धित निकाय नै जानकार होला तर सडक विभाग र जनप्रतिनिधिविचको समन्वय भने नभएकै स्पष्ट देखिन्छ, यसको मारमा सार्वसाधारण कहिले सम्म रहने ? 

प्रतिनिधि र प्रदेशसभा निर्वाचन सम्पन्न भएको पनि लगभग ७ महिना भइसकेको छ । जनताले विकासका लागि चुनिएर पठाएका ती जनप्रतिनिधिहरु कहाँ के गर्दै छन् जनता सचेत भएर टर्च लाईट बालेर खोज्ने बेला आएको छ । निर्वाचनको बेला भोट माग्न जसरी घर–घरको दैलोमा हात माग्न आउनेहरु निर्वाचित भएपछि कहाँ लुक्दै छन् ? जनताको समस्या कहिलेसम्म कालझै बनाईराख्ने ? जनताको समस्याको सम्बोधन गर्न बनेका सांसद हानिमुन पिरियड अझै बाँकी छ भन्ने नसोचिदिनुहोला । सबैमा चेतना आओस । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु