Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अस्पताल निर्माणका लागि जग्गादान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १४, लहान&nbsp; | </b>गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गर्नुभएको छ ।&nbsp;<br></p><p>लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण ९सात कट्ठा १० धुर जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान गर्नुभएको हो ।&nbsp;</p><p>शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कनस्ट्रक्सन नेपाल प्रालि काठमाण्डौमार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा साहले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिनुभयो । रासस</p>