2026-09-14 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा रक्तदानलाई बडवा दिन प्रहरीवाटै रक्तदान कार्यक्रम

टेकेन्द्र बोहरा/असार १४, बझाङ | रक्तदान गरे कमजोर भइन्छ भन्ने मान्यता रहेका कारण कतिपय विरामीले रगतको अभावमा ज्यान गुमाइसकेको बझाङ जिल्लामा  रक्तदानलाई बडवा दिन  प्रहरीबाटै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

टोल टोलमा प्रहरी अभियानको अवसरमा जिल्ला अस्पताल बझाङको समन्वयमा प्रहरीले सदरमुकाम चैनपुरमा रक्तदान कार्यक्रम संचालन गरेको हो । 

जिल्ला अस्पतालमा रगत पछिसम्म संचय गरी राख्ने व्यवस्था नभएको र छिटो खपत हुने नहुने निश्चित नभएकोले बुधवार ९ जना प्रहरी र २ जना सर्वसाधारण गरेर ११  जनाले मात्र रक्तदान गरेको जिल्ला प्रहरी कार्यालले बझाङले जनाएको छ । 

अन्य प्रहरी, कर्मचारी तथा स्थानियले चाहिएको वेला रगत उपलब्ध गराउने गरी सुचीमा नाम समावेश गरेको र आवश्यक पर्दा रक्तदानको लागि उपलब्ध हुने प्रतिबद्धता गरेको डिएसपी कृषिराम कँडेलले बताए । 

डिएसपी कँडेलले भने:- ‘रगत दिदा कमजोर भइन्छ भन्ने स्थानियमा भ्रम छ, यसले गर्दा रगतको अभावमा कतिपय विरामीको ज्यान नै जोखिममा पर्ने गरेको छ ।

बुधवार रक्तदान गरेका हौँ’ प्रहरीहरुले रक्तदान गरेको देखे पछि यहाँका सर्वसाधारणलाई पनि रक्तदान गर्ने प्रेरणा मिल्ने कँडेलको विश्वास ब्यात्त गरे छ । 

बझाङमा रक्तदाताको सुचीमा रहेका कर्मचारीहरु सरुवा भएर जाने वा चाहिएको वेला उपलब्ध नहुने भएकोले रगतको अभाव हुने गरेको छ । 

 खोजेको वेला रगत नपाइने भएको कारण कतिपय अवस्थामा चिकित्सक, हरुले नै रगत दिएर विरामीको ज्यान बचाउने गरेको जिल्ला अस्पतालका ल्याव टेक्निसियन जनक जोशीले बताए । 

रगत संचय गर्ने व्यवस्था नभएका कारण जिल्ला अस्पतालमा रक्तदाता पाएको वेला पनि रगत लिन नसकिने र चाहिएको वेला रगत नपाइने समस्या बारम्बार दोहोरिने गरेको उनले बताए  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ