‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने म"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीको बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सव

२०७५, १५ असार शुक्रबार ०८:४२

असार १५,  बुटवल | रुपन्देही सैनामैना–८ बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सवको आयोजना गरिएको छ । 


‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ प्रदेश नं ५ सरकारका कृषि तथा सहकारी मन्त्रालयले आज बाँसगढीमा आयोजना गरिएको सो महोत्सवमा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि तथा सहकारीमन्त्री आरती पौडेललगायतले स्थानीय महिला रोपाहारसँगै (कृषि मजदुर) खेतमा धान रोपेर सहभागी हुनुभएको थियो । 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषि रहेकाले सरकारले यस क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताउनुभयो । 

आर्थिक वर्ष २०७५÷०७६ का लागि प्रदेश सरकारले कृषि क्षेत्रमा रु ९० करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले कृषिको उत्पादकत्व बढाउन जमिन कब्जा गर्ने तर खेती नगरेर बाँझै राख्ने परिपाटीको अन्त्य गर्न विशेष नीति र कानून बनाइने बताउनुभयो । 

कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषिजन्य उत्पादन बढाउन यान्त्रीकरण, व्यावसायिकीकरण र आधुनिकीकरणमा प्रदेश सरकारले जोड दिएको छ भन्नुभयो । 

साना किसान सहकारी संस्था सैनामैनाको सहजीकरणमा भएको रोपाइँ महोत्सवमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना रानामगरसहित ५०० भन्दा बढी महिला रोपाहार (कृषि मजदुर) धान रोपाइँमा सहभागी भएका थिए । 

महोत्सवमा प्रदेशसभा सदस्य, किसान र कर्मचारी, पञ्चेबाजाको तालमा नाचेका पनि थिए । 

स्थानीय कृषक भोजराज भण्डारीको १५ कट्ठा जग्गामा धान रोपेर महोत्सवको आयोजना गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते