2026-09-14 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

करेन्ट लागेर एकको मृत्यु, चार घाईते

असार १७, कञ्चनपुर | करेन्ट लागेर कञ्चनपुरमा एकको मृत्यु र चार जना मजदुर घाईते भएका छन् । भीमदत्त नगरपालिका–३ विचपुरीमा विद्युतका पोल गाड्ने क्रममा आइतबार २२ बर्षिय शिवराज रानाको मृत्यु भएको हो ।

नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरले विचपुरीमा नयाँ पोल गाड्का लागि स्थानीय निर्माण व्यवसायी पदम बोहरालाई ठेक्का दिएको थियो । 

लालझाडी गाउँपालिका–५ देखतभूलीका राना सहित पाँच जनालाई करेन्ट लागेको थियो । नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरका प्राविधिक नर बहादुर ऐरले नयाँ पोल गाड्ने बेला विद्युतको साविक लाईन बन्द नगर्दा करेन्ट लागेको बताए ।

‘पानीले झिजेको विद्युतको सिमेन्टको पोल माथि तारमा टच हुँदा करेन्ट लागेको हो, ‘उनले भने, ‘करेन्ट लागेर रानाको घटना स्थलमै मृत्यु भयो, अन्य चार जना घाईते भएका छन् ।’ 

कैलालीका २३ बर्षिय वालविर चौधरी, कञ्चनपुरको बेल्डाँडीका सन्दिप चौधरी, लालझाडी देखतभूतलीका जोहरलाल राना र बेलौरी–६ का अनिल चौधरी घाईते भएका छन् । घाईते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि सेती अञ्चल अस्पतालमा रेर्फर गरिएको छ । 

मृतकको पोष्टमाष्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । पाँच जना मजदुरलाई ठेकेदार पदम बोहराले दैनिक ज्यालामा काममा लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ