२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो

१८ असार २०७५, सोमबार ११:०५

असार १८, बाजुरा | साँफे–मार्तडी सडक जोड्ने सडकखण्ड अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

गएको शुक्रबार अवरुद्ध बनेको सडक जेसिवी प्रयोग गरी सञ्चालनमा ल्याइए पनि आइतबार राति आएको पानीका कारण जिल्ला कारागार बाजुरादेखि गुइगाड खोलासम्मको सडकमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभएको छ । 

उहाँले दिनुभएको जानकारीअनुसार अवरुद्ध सडक खोल्न पिएस कम्पनीलाई आग्रह गरिएको छ । पानी रोकिएपछि सडक खोल्ने कार्यलाई तीव्रता दिइने प्रहरी प्रमुख बोहराको भनाइ रहेको छ । 

साँफे–मार्तडी सडक जोड्ने गुइगाडको पुल बन्न नसक्दा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको बताइएको छ । उक्त खोलाको पुल निर्माण कार्य गर्न थालेको नौ वर्ष बित्न लागेको छ । 

ठेकेदारले समयमै पुल निर्माण नगरी दिँदा खोलाको बाटो सवारी साधनको आवतजावत बन्द भएको छ । अविरल वर्षाका कारण सवारी नचले पछि लामो र छोटो दूरीमा जान खोज्ने स्थानीयवासीले हैरानी खेप्नुपरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य