Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका १४ क्याम्पसमा ४४४ दरबन्दीमा नियुक्ती बितरण

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

लोकेन्द्र प्रशाद जोशी | असार १८, दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले प्रदेश नम्बर ७ का १४ ओटा सामुदायिक क्याम्पसहरुलाइ आगिंक क्याम्पसको रुपमा समायोजन गरेको छ । दार्चुला जिल्लाको दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पस सहित प्रदेश ७ का १४ ओटा क्याम्पसमा कार्यरत ४ सय ४४ प्राद्यापक कर्मचारीहरुलाइ क्याम्पस प्रमुख मार्फत नियुक्ती पत्र समेत प्रदान गरेसंगै समायोजन निश्चित भएको हो ।

बिगत ८ बर्षदेखीको संघर्षपछि सामुदायिक क्याम्पसहरु आगिंक बन्न सफल भएका हुन । झन्डै साढे चारसय दरबन्दी शृजना गरेर शूदुरपश्चिमाञ्चल बिश्वबिद्यालय नेपालकै सबैभन्दा ठुलो बिश्वबिद्यालय समेत बनेको छ । आंगिक क्याम्पसमा समायोजन भएपछि दार्चुला बहुमुखी क्याम्पसले सहयोगी सम्पुर्ण ब्याक्तीत्तहरुलाइ धन्यबाद ज्ञापन गर्दै ऐतिहासीक सफलता प्राप्त गरेको अवसरमा खुसी मनाएको जनाएको छ । सोमबार काठमान्डौमा एक औपचारीक कार्यक्रमकाबिच प्राद्यापक कर्मचारीहरुको नियुक्ती बुझेको खलंगा क्याम्पस प्रमुख कृष्ण सिह साउँदले जानकारी दिनुभयो ।

यसअघि आगिंक क्याम्पस समायोजन कार्यविधि २०७४ संसोधनको माग गर्दै सर्वोच्च अदालतमा गत फागुनमा परेको रिट निवेदन खारेज भएपछि समायोजनको बाटो खुलेको थियो । शूदुरपश्चिम बिश्वबिद्यालय अन्तरगत दुर्गालक्ष्मी वहुमुखी क्याम्पस, टिकापुर वहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी बहुमखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस, बडिमालिका क्याम्पस, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मणिलेक बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस, डोटीको सीताराम बहुमुखी क्याम्पस र घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसलाई आंगीक क्याम्पस बनेका छन ।