१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दगातुन्डाडाको सक्न्यारमा पहिरोले खानेपानीको पाईप बगायो, पुल पनि रहेन, बिधुत समेत अवरुद्ध

११ भाद्र २०७२, शुक्रबार ०६:४३

कमल पौडेल/भाद्र ११, बागलुङ  । बागलुङ जिल्लाको दगातुन्डाडा गाविस वडा नं. ९ सक्न्यारमा पहिरोले खानेपानीको पाइपमा क्षति पुर्याएपछि खानेपानी पूर्ण रुपमा बन्द भएको छ ।

 pahiro

पूर्ण क्षति ग्रस्त पुल

महाभुकम्पका कारण चर्कियको पहाड फुटेर करिव ५ सय मिटर जि.आई. पाइप क्षत विक्षत हुँदा सक्न्यारका ५१ घरधुरी खानेपानीको लागी एक घण्टा लगाएर पानी वोक्न बाध्य भएका छन् ।

गत भाद्र ८ गते गएको पहिरोले खानेपानीको पाईप सहित ग्वालीचौर तथा दगातुन्डाडा जोड्ने जलजला जाने लब्धीघाटको पुल समेत पूर्ण रुपमा क्षती भएको छ । पुल भत्केपछि जलजला पुग्ने तथा स्थानिय घाँस पातको लागी समेत करिव एक घण्टाको लामो वाटो धाउनुपर्ने बाध्यता परेको छ । भने विद्यालय जाने विद्यार्थीहरु समेत लामो वाटो घुमेर हिँड्नु पर्ने भएको छ ।

  pahiro

पहिरोले पावरहाउस जोखिममा

भाद्र ८ गते पहिरोले सो क्षति पुर्याए पनि स्थानिय विहिवार मात्रै खर्वाङ प्रहरी चौकीवाट स्थलगत अनुगमन गराई सम्वन्धित निकायहरुमा खानेपानीको समस्या समधानका लागी माग निवेदन अगाडि वढाउने निर्णय गरेका हुन् । त्यसै ग्वालीचौरको एक नं. मा पर्ने सो पहाड खसेर खोला थुनिँदा तल्लो लब्दीखोला लघुजलविद्युत परियोजना समेत जोखिममा परेको छ ।

  pahiro

पावरहाउस नियाल्दै प्रहरी

पहिरोले जोखिम वढाएपछि नियमित विद्युत आपूर्ति वन्द भएको छ । जसको कारण दगातुन्डाडाका वडा नं. २, ३ र ९ का करीव २ सय २५ घरधुरी उपभोक्ताहरु अन्धकारमा वस्न बाध्य भएका छन् ।

 pahiro

क्षतिग्रस्त पाईप

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार