२०८३, ३१ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काउन्सिललाई धरापमा पार्न खोज्नेलाई कारबाही

२०७५, १९ असार मंगलवार ०५:५६

असार १९, काठमाडौँ | प्रेस काउन्सिल नेपाललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्य निन्दनीय भएको सञ्चारविज्ञले बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघद्वारा सोमबार यहाँ आयोजित ‘राजधानीमा पत्रकार आचारसंहिताको अवस्था’ विषयमा अन्तक्र्रियामा नेपाल टेलिभिजनका अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले काउन्सिललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्यको निन्दागर्दै विषयलाई निरुपण गर्ने नभए अदालतमा जानुपर्ने सुझाव दिनुभयो । 

महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले पछिल्लो पटक रवि लामिछाने प्रकरणलाई काउन्सिलको मर्यादामाथि प्रहार र कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहारको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । 

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफू अध्यक्ष रहेको अवस्थामा विभिन्न समयमा रवि लामिछानेविरुद्ध उजुरी आउने गरेको प्रष्ट पार्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई कतिपय जिम्मेवार पत्रकारबाट नै सामाजिक सञ्जालमा गैरजिम्मेवार धारणा आएको भन्दै सोचेर मात्र धारणा राख्न आग्रह गर्नुभयो । 

प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिलका कार्यवाहक अध्यक्ष माथिको हमलाले काउन्सिलको छविमा प्रहार भएको भन्दै सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो