२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

बाढीमा डुबेर मर्नेको संख्या दुई पुग्यो

१९ असार २०७५, मंगलवार ११:०९

असार १९, पर्सा | अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ । 

पर्साको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा रामको मृत्यु भएको थियो भने उनीसँगै डुबेर बेपत्ता भएका कक्षा ९ मै अध्ययनरत छात्र सुरेन्द्र मण्डलको आज बिहान शव भेटिएपछि मर्नेको संख्या दुई पुगेको हो । 

नेरा मावि बर्वाछटैमा सोमबार परीक्षा दिन गएका दुवै विद्यार्थी वर्षाका कारण परीक्षा रद्द भएपछि घर फर्किने क्रममा फन्ठी खोला पार गर्न लाग्दा प्रमिलाको डुबेर मृत्यु भएको थियो भने बेपत्ता भएका मण्डलको शव आज बिहान भेटिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । 

पर्सागढी नगरपालिका–८ निवासी जाँदोलाल साहकी छोरी प्रमिला र बाराको कलैया उपमहानगरपालिका दोहरी निवासी बुधन मण्डलका छोरा सुरेन्द्रको शव परीक्षणका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । पर्साको हरपुरमा रहेको मामाघरमा रही मृतक मण्डल उक्त विद्यालयमा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । 

वर्षाको कमीसँगै डुबान क्षेत्रबाट पानीको सतह कम हँुदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य