२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गुरुङ परिवारलाई बिमा रकम

१९ असार २०७५, मंगलवार १५:५९

चिसाङ शेर्पा | असार १९, खोटाङ | एसियन लाईफ इन्सोरेन्स शाखा खोटाङले बिमित ब्यक्तिको निधन भएपछि बिमाङ्क रकम हस्तान्तरण गरेको छ । दुइ बर्षअघि जिबन बिमा गरेका रावाबेंशी गाउँपालिका–१ कुभिण्डे गोपेनीका हिराधन गुरुङ(कमल गुरुङ)लाई बिमा वापत पाउने रकम हस्तान्तरण गरेको हो ।   

२० बर्षेमा ५ लाख किस्ता तिरीसक्नुपर्ने जिबन बिमा गरेका गुरुङले २९ हजार ६२७ का दरले तीन किस्तामा ८८ हजार ८८१ रुपैयाँ जम्मा गरेका थिए । जम्मा गरेको रकमको बोनस १ लाख ३ हजार ५ सय र बिमाङ्क ५ लाख रुपैयाँको चेक हुर्लुङमा मंगलबार रावाबेंशी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले गुरुङको परिवारलाई हस्तान्तरण गर्नुभएको एसियन लाईफ इन्सोरेन्स शाखा खोटाङका इन्चार्ज किरणजीत राईले जानकारी दिनुभयो ।


बिमित ब्यक्ति गुरुङको गत वर्षको फागुन १७ गते निधन भएको थियो । यसअघि एसियन लाईफ इन्सोरेन्स शाखा खोटाङले दिक्तेल रुपाकोकट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर बहादुर कार्कीको बिमाङ्क रकम परिवारलाई हस्तान्तरण गरेको थियो । २०७० सालदेखी खोटाङमा आधिकारिक रुपमा काम गर्न थालेको इन्सोरेन्सले हालसम्म करीव १ हजार ५ सय जनाको बिमा गरेको जनाएको छ ।

तश्विरमा: बिमित ब्यक्तिको परिवारलाई चेक दिनुहुंदै रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौला | तस्विर: किरणजीत राई 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो