२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका पशुचौपाया बाजुरामा व्यवस्थापन

२० असार २०७५, बुधबार ०४:२५

असार २०, बाजुरा | ७ नं प्रदेशको कञ्चनपुर जिल्लाका पशुचौपाया बाजुराको बडीमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् । 

बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९० परिवारलाई एक÷एक गाई वितरण गरिएको बडीमालिका नगरपालिका पशु शाखा, बाजुराका प्रमुख शंकर सिंहले जानकारी दिनुभएको छ । 

उहाँले दिएको जानकारीअनुसार कञ्चनपुरको झलारीबाट उन्नत जातका २० गाई र महेन्द्रनगरबाट ७० गाई गरी बडीमालिका नगरपालिका वडा नं १ देखि ९ का किसानलाई वितरण हो । गाईहरुलाई विभिन्न रोग लागेको हुनसक्ने भएकाले ती गाईलाई उपचारपछि मात्र बाजुरा ल्याइएको सिंहले बताउनुभयो । 

बजारमा छाडा छोडिएका उक्त गाई बाजुरामा व्यवस्थापन गर्नका लागि प्रदेश सरकारले निर्णयसहित बडीमालिका नगरपालिकालाई पत्र पठाएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभएको छ । 

उहाँले किसानलाई उन्नत जातका गाई ल्याएर वितरण गरिएको बताउनुभयो । उन्नत जातका गाई आर्थिक अभावबाट गाई खरिद गर्न नसक्नेलाई वितरण हुँदा राहत पुगेको नगर प्रमुख बडुवालको भनाइ रहेको छ । 

कञ्चनपुरबाट ल्याइएका ९० गाईको निःशुल्करुपमा पशु शाखाले पशु बीमा गर्ने सिंहले बताउनुभयो । आगामी वर्ष आर्थिक अभाव भएका कृषकलाई निःशुल्क वितरण गर्ने कार्यक्रम रहेको सिंहले राससलाई बताउनुभयो । 

नगरपालिकाअन्तर्गत रहेको शाखाले भैँसीलाई पोषण भत्ता दिने कार्यक्रम पनि ल्याएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तान सुपर लिगको डायमन्ड क्याटेगोरी ड्राफ्टमा सन्दीप लामिछाने, अन्य को को छन् ? आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि