२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु

२०७५, २० असार बुधबार ०८:४०

असार २०, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ । 

नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो । 

नगरपालिकाले नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउँमा टावर निर्माण गर्नेलगायत योजना बनाएको छ । खार्मीको बाँझोबारी, जालपा र बुवालुङको खावाडाँडामा टेलिफोन टावर राख्ने योजना छ । सञ्चारमाध्यममा सबैको पहुँच पु¥याउने नीतिगत निर्णय गरिएको छ । नगरक्षेत्रभित्रका सबै विद्यालयमा इहाजिरी, बजारमा सिसिटिभी तथा प्रत्येक वडामा सफ्टवेर प्रविधिबाट कार्यसम्पादन भइरहेको छ । 

वर्षाका कारण सडक अवरुद्ध 

लगातारको वर्षाका कारण जिल्लामा सञ्चालित अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । हिउँदमा मात्र सञ्चालन हुँदै आएका कतिपय सडक भलबाढीले खाल्डाखुल्डी पार्नुका साथै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएका छन् । 

हाल चारवटा सडकमात्र सञ्चालनमा रहेको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम तथा दिक्तेल–बुइपा र दिक्तेल–जालपा फेदीसम्मको सडक सञ्चालनमा छ । सवारीसाधन नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललाई केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकासँग जोड्ने दिक्तेल–ऐँसेलुखर्क सडक हप्ता दिनदेखि ठप्प छ । केपिलासगढी र एँेसेलुखर्क गाउँपालिका जाने सडकको अहिले दिक्तेलबाट जालपा फेदीसम्म मात्र पुग्न सकिन्छ । दिक्तेलबाट फोक्सिङटार जाने सडकमा अहिले बुइपासम्म मात्र पुग्न सकिन्छ । 

मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने सडकमा सवारी चल्न सकेका छैनन् । जन्तेढुंगा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक एक महिनादेखि ठप्प छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित