२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा औलो रोगको संक्रमण बढ्दो

२० असार २०७५, बुधबार ११:२३

असार २०, मुगु  | मुगु खत्याड गाउँपालिकाका रिघा गाउँमा औलो रोगको संक्रमण बढ्दै गएको छ । 

गत वैशाखदेखि देखा परेको यो रोगको संक्रमण बालबालिकासहित अहिलेसम्म २६ जनामा देखिएको छ । 

उनीहरुमा शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखएको छ । 

“गाउँमा औलो रोग फैलिँदै छ, औषधि र स्वास्थ्यकर्मीको अभाव छ, कसरी ज्यान जोगाउने भन्ने चिन्ता स्थानीयवासीको छ,” रिघा गाउँका मनोज गिरीले भन्नुभयो । 

औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधिको अभाव यहाँ देखिएको छ, रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब मुकुन्द कार्कीले भन्नुभयो, “जिल्लाबाट पठाइएको औषधिसमेत सकिएकाले यो रोग नियन्त्रण गर्न कठिनाई भएको छ ।” 

यो रोगको नियन्त्रणका लागि अस्पतालसंग भएको औषधि र आवश्यक जनशक्ति प्रयोग भइरहेको छ, जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेश्वर श्रेष्ठले भन्नुभयो, “ बिरामीको उपचारका लागि रोग नियन्त्रण शाखा टेकु काठमाडौँबाट औषधिसहित औलो रोग विशेषज्ञ टोली आउन लागेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य