प्रभात सुवेदी । असार २०, बर्दिया ।

उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २०, बर्दिया ।

उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रि"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चुस्स स्वादिलो ब्ल्याक टी !

२०७५, २० असार बुधबार १४:१९

प्रभात सुवेदी । असार २०, बर्दिया ।

उमेरले ५९ वर्ष नाघिसक्नुभएका डिल प्रसाद जोशी प्लास्टिकको गिलासमा आफैले बनाएको चिया मसला राखेर मज्जाले हल्लाउनुहुन्छ अनि स्क्वासरले कागती निचोरेर रस राखी त्यसमा थर्मसममा भएको चिनी मिश्रित तातो पानी मिलाउनुहुन्छ र बनाउनुहुन्छ मज्जाको स्वादिलो ब्ल्याक टि । यो वहाँको दैनिकी नै बनिसकेको छ ।

 

कैलालीको लम्कीमा घर भएका जोशीले यो पेशा अपनाउन थालेको नै झण्डै दुई दशक भन्दा बढी भएको छ । हाल वहाँ गुलरिया नगरपालिकाको बजार क्षेत्रलाई नै आफ्नो व्यवसायिक क्षेत्र बनाएर चिया बेच्न लाग्नुभएको पनि ८ महिना भएको छ । कैलाली घर भएपनि यहाँको बजार र अवस्थिति अनि धेरै टाढा पनि जानु नपर्ने भएकोले यहि नै डेरा लिएर बसेको वहाँ बताउनुहुन्छ । वहाँ अहिले आफ्नै जीवन सँगिनीको साथमा बसिरहनुभएको छ । 

भारतको लखनउमाा सााडे ६ वर्ष जति यहि पेशा गरेको र जीवनको धेरै समय यस्तै काममा वितेकोले पनि यहि कामप्रति आकर्षण बढेको वहाँ बताउनुहुन्छ । दैनिक ८० देखि १ सय कपसम्म चिया बेच्नुहुने वहाँ बताउनुहुन्छ । 


वहाँले बनाउनुभएको चियाको स्वाद एकक पटक लिएमा सधैँ खाउँ खाउँ हुन्छ, त्यत्ति स्वादिलो चिया कसरी बनाउनुहन्छ भन्ने जिज्ञासामा वहाँले साझा सबाललाई भन्नुभयो, ‘मसलामा सबै कुरा अलैची ल्वाङ्ग सोप, ज्वानो लगायतका जडिबुटीहरु आफैले मिसाएर तयार गर्ने गरेको छु, त्यसैले पनि सबैले मैले बनाएको चिया पिउनुहुन्छ ।’

जीवनको उत्तरार्धतर्फ जाँदै गर्दा पनि वहाँ अझै सक्रिय हुनुहुन्छ र भन्नुहुन्छ, ‘जहाँसम्म सकिन्छ  पेशा गर्छु ।’ भारतका विभिन्न ठाउँमा १० १२ वर्षसम्म यहि काम गरियो भने झन् आफ्नै देशमा गर्न पाएकोमा खुशी छु । ‘थोरै लगानीमा मज्जाले गुजारा चल्ने भएकोले शरीरले साथ दिँदासम्म यहि पेशा गरिरहने छु, भन्नुहुन्छ डिल प्रसाद जोशी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश