2026-07-27 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सामुदायिक वन उपभोक्ता महासंघ दाङमा नयाँ नेतृत्व चयन

असार २१, दाङ | सामुदायिक वन उपभोक्ता महासंघको पाँचाँै अधिवेशले सर्वसम्मतिबाट जिल्ला अध्यक्षमा भूपेन्द्र सुवेदीलाई आगामी चार वर्षका लागि चयन गरेको छ । 

उक्त महासंघको उपाध्यक्षमा सरिता थापा, सचिवमा जानुका केसी र कोषाध्यक्षमा कमलराज शर्मा र अन्य २० जना सदस्य छानिनुभएको छ । 

दाङका १० वटै स्थानीय तहबाट ७६ जना प्रदेश प्रतिनिधि पनि चयन गरिएको सामुदायिक वन उपभोक्ता समितिका निवर्तमान अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो । 

दुई दिनसम्म सञ्चालन भएको अधिवेशनले जिल्ला वन कार्यालय र प्रदेश वन कार्यालयसँग समन्वय गर्ने, जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरणसम्बन्धी कार्यका लागि रेड कार्यान्वयन केन्द्रसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसैगरी स्थानीय महासंघ, वन समूह र जिल्ला महासंघबीचमा सहजीकरण गर्दै सुशासनका लागि अभियान सञ्चालन गर्ने, वन समूहको अधिकारका लागि नीतिगत पैरवी गर्दै संस्थाको मूल्य मान्यता र उद्देश्यमा आँच आउन नदिने, उद्देश्य मेल खाने संस्थाहरुसँग समन्वय गरी कार्य गर्ने, जैविक विविधता संरक्षण तथा विपन्न र वञ्चित वर्गको आयआर्जनमा सहयोग पु¥याउने, समृद्धिका लागि वन अभियानअन्तर्गत वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न पहल गर्नेजस्ता निर्णय पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला