२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्राविधिक शिक्षालयका लागि ६७ रोपनी जग्गा प्रदान

२०७५, २१ असार बिहीबार १२:१९

असार २१, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा स्थापना गर्न लागिएको बहुद्देश्यीय प्राविधिक शिक्षालयका लागि ६७ रोपनी ११ आना दुई पैसा दुई दाम जग्गा निःशुल्क प्राप्त भएको छ । प्रदेश नं १ मा पर्ने सबै जिल्लालाई समेट्ने गरी स्थापना गर्न लागिएको प्राविधिक शिक्षालयका लागि बुधबार नुनथलाका ११ जनाले उक्त जग्गा उपलब्ध गराएका हुन् । 

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथलास्थित महुरेमा स्थापना गर्न लागिएको उक्त शिक्षालयका लागि स्थानीय उत्तरबहादुर राईले १३ रोपनी एक आना दुई पैसा तीन दाम, गंगादेवी राईले १० रोपनी १४ आना एक पैसा, अर्थबहादुर राईले सात रोपनी १२ आना एक पैसा, भद्रबुर राईले छ रोपनी दुई आना दुई पैसा दुई दाम, कुमारसिं राईले पाँच रोपनी १३ आना दुई पैसा दुई दाम, प्रेम साम्पाङ राईले पाँच रोपनी सात आना एक पैसा, हर्कबहादुर राईले चार रोपनी सात आना, देवन राईले चार रोपनी तीन आना, दीपककुमार राईले चार रोपनी चार आना दुई पैसा दुई दाम, पदम राईले चार रोपनी पाँच आना एक पैसा दुई दाम र तीनजित राईले एक रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको प्राविधिक शिक्षालय स्थापनार्थ खटिनुभएका अभियानकर्ता हेमविक्रम राईले जानकारी दिनुभयो । 

जग्गादाताले आफ्नो नाममा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा आएर शिक्षालयको नाममा रजिष्ट्रेसन पास गरिदिएको जनाइएको छ । 

करोडौँ मूल्य पर्ने जग्गा उपलब्ध गराएका जग्गादाताले बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा उक्त शिक्षालयको नाम ‘महुरेगढी बहुद्देश्यीय प्राविधिक शिक्षालय’ राखिनुपर्ने माग गरेका छन् । 

पत्रकार सम्मेलनमा सहभागी प्रदेशसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य रामकुमार राई (पासाङ), पूर्वसांसद टंक राई, पूर्वसभासद् दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणुदेवी राईलगायतले स्थानीयवासीको जनभावनाअनुसार नै शिक्षालयको नामाकरण हुने बताएका छन् । उनीहरुले जग्गादातालाई धन्यवाद दिँदै अभियानमा साथ दिन आग्रहसमेत गरेका छन् । 

शिक्षामन्त्रालयको आर्थिक सहयोगमा गत वर्षबाटै स्थापनाको पहल थालिएको उक्त शिक्षालयमा यस वर्ष डिजाइन र प्राविधिक मूल्यांकनको काम शुरु हुने पत्रकार सम्मेलनमा सहभागी प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्का उपनिर्देशक रमाकान्त काफ्लेले जानकारी दिनुभयो । “यो शिक्षालयमा सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिलेसमेत आफ्नो सीपअनुसारको प्रमाणपत्र हात पार्नेछन् ।” उहाँले भन्नुभयो, “यसलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको छ ।” 

प्राविधिक शिक्षालयमा छोटो अवधिका तालीम, प्रि एसएलसी र डिप्लोमा तहका सबै विषयको पठनपाठन हुने जनाइएको छ । प्राविधिक शिक्षालयमा प्रदेश नं १ मा पर्ने १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागी गराइने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा