प्रभात सुवेदी । असार २२, बर्दिया ।

लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्र नै निष्प्राण हुने कुरा आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित पत्रकार नागरिक अन्तरसंवाद कार्यक्रमका सहभागी पत्रकार तथा ना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असार २२, बर्दिया ।

लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्र नै निष्प्राण हुने कुरा आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित पत्रकार नागरिक अन्तरसंवाद कार्यक्रमका सहभागी पत्रकार तथा ना"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पत्रकारिता लोकतन्त्रको प्राण !

२२ असार २०७५, शुक्रबार १४:३१

प्रभात सुवेदी । असार २२, बर्दिया ।

लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्र नै निष्प्राण हुने कुरा आज जिल्ला सदरमुकाम गुलरियामा आयोजित पत्रकार नागरिक अन्तरसंवाद कार्यक्रमका सहभागी पत्रकार तथा नागरिकहरुको निष्कर्ष रहेको छ ।


नेपाल पत्रकार महासंघको सहकार्य तथा जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आयोजित नागरिक संवाद तथा सार्वजनिक सुनुवाईमा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्राले पत्रकारिता क्षेत्रलाई जीवित राख्नका लागि कुनै पनि समाचार सम्प्रेषणपूर्व प्रमाणिकरण गरेर मात्रै सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । साथै पत्रकारहरुमा कुनै न कुनै राजनैतिक आस्था रहेतापनि लेखन तथा समाचार सम्प्रेषणमा त्यसको कुनै पनि गन्ध आउन नहुने कुरा वहाँले बताउनुभयो । 

यसैगरी केन्द्रीय सदस्य मीन बमले यो कार्यक्रम मार्फत पत्रकार तथा आम नागरिकहरुबीचको सम्बन्धलाई समाजको रुपान्तरणका लागि अर्थपूर्ण रहेको बताउनुहुँदै सधैं अरुका मात्रै कथाव्यथा लेखिरहने पत्रकारहरुले आफ्ना कुराहरु पनि सञ्चारमाध्यममार्फत प्रवाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

पत्रकारिता क्षेत्रलाई पनि शुद्धिकरणको जरुरी भएको बताउनुहुँदै विज्ञापनका लागि मेयर, उपमेयर लगायत स्थानीय निकायका जनप्रतिनिधीहरुसँग दलाली गर्ने प्रवृत्ति रहेको तर स्थानीय निकायहरुमा परिचाल भैरहको करोडौं रकमको सदुपयोग र दुरुपयोगका बारेमा नलेखिने बताउनुहुँदै नेपाली काँग्रेसका जिल्ला नेता विद्या प्रसाद खनालले पत्रकारहरुले माफिया र तस्कर तथा कालो धनलाई सेतो बनाउन लागिरहेकाहरुका षड्यन्त्रका विरुद्धमा लेख्नुपर्ने सुझाव दिनुभयो । 


राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य केशव यादवले पत्रकारहरुले ज्यानको जोखिम मोलेर पत्रकारिता गरिरहेका हुनाले उनीहरुको जीवनको बीमा राज्यले गरिदिनुपर्ने कुरा औँल्याउनुहुँदै अलपत्र असारे विकास निर्माण तथा अवैज्ञानिक र अस्त व्यस्त भौतिक संरचना निर्माण गरेर बजेट सक्ने क्रियाकलापका बारेमा पत्रकारिताको माध्यमबाट भण्डाफोर गर्नुपर्ने बताउनुभयो । 

नेपाल बार एसोसिएसनका केन्द्रिय पार्सद वीर बहादुर रोकायले पत्रकारितामा पनि मापदण्डको आवश्यकता रहेको औल्याउनुहुँदै पत्रकारहरुले पनि अध्ययन र आफूलाई अपडेट गर्नुपर्ने आवश्यकता रहेको बताउनुहँदै पत्रकारिता पेशा चुनौती र अवसर दुबै भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी विश्वामित्र कुईकेल, गैर सरकारी महासंघ जिल्ला अध्यक्ष विष्णु तिमिल्सिना, प्रेस चौतारीका डिल प्रकाश गौतम, प्रेस यूनियनका यमनाथ घिमिरे लगायतले आ–आफ्ना धारणाहरु राख्नुभएको थियो । 

नेपाल पत्रकार महासंघमा आवद्ध जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको यो कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष मेनका चौधरीले स्वागत गर्नुभएको थियो भने उपाध्यक्ष यादव आचार्यले कार्यक्रमको सहजीकरण गर्नुभएको हो । 

कार्यक्रम महासंघका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै