२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

टिप्पर दुर्घटनामा नौ रोल्पालीको मृत्यु, को-को परे ?

२०७५, २२ असार शुक्रबार १६:४६

असार २२, रोल्पा | मुस्ताङमा भएको टिपर दुर्घटनामा परी रोल्पाका नौ मजदुरको मृत्यु भएको छ । 

मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणको काम गर्ने मजदूर बोकेको ना२ख २२१९ नंको टिपर दुर्घटनाग्रस्त हुँदा रोल्पालीसहित १५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुने रोल्पालीमा थवाङ गाउँपालिका–१ रोल्पाका २८ वर्षीय सुकमान रोका, ३६ वर्षीय मौसम घर्ती, थवाङ–५ की ३१ वर्षीया जीतमाया घर्ती, २० वर्षीया सिर्जना रोका, २३ वर्षीय रास्त्रे रोका, २३ वर्षीया जीतकुमारी पुन र ११ वर्षीय महेश रोका छन् ।


मृत्यु हुनेमा रोल्पा, सुनछहरी गाउँपालिका–१का ३२ वर्षीया सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुन पनि रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । रोजगारीको सिलसिलामा रोल्पाली मजदूर पोखरा, मुस्ताङलगायत क्षेत्रमा जाने गर्छन् । दुर्घटनामा परी एकै पटक यति ठूलो संख्यामा जिल्लावासीको मृत्यु भएको खबर सुन्नेबित्तिकै जिल्लामा सन्नाटा छाएको छ । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ