Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीमा ट्र्याक्टरले चेप्दा एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २३, गौशाला |</b> महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकामा गए राति आफँैले चलाएको ट्र्याक्टरमा चेपिएर ट्र्याक्टर चालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका–७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्र्याक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । गए राति ८:३० बजे मनरासिस्वाँ–६ बस्ने विनोद साहको ज१त ४३२८ नंको ट्र्याक्टरले खेत जोतेर घर फर्किरहेका अवस्थामा मनरासिस्वाँ–६ मै पर्ने वनमा ट्र्याक्टर अचानक अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चलाउने चालक मण्डलको सोही ट्र्याक्टरमा चेपिएर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याई प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएकामा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।&nbsp;</p>