कैलाश मानसरोवर जान हेलीकप्टर उडान

Posted on: 07 Jul, 2018

सम्राट सिंह/असार २३, बझाङ | कैलास मानसरोबर दर्शन गर्न जाने भक्तजन तथा पर्यटकहरुलाई लक्षित गर्दै वझाङको तल्कोट गाउँपालिकाको खौलाबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान भएको छ । कैलास सेती टुर एण्ड ट्राभल्स प्रालिले हेलिकप्टर कम्पनी अल्टिच्युड एयरसँग मिलेर आज दिउँसो २ बजेबाट  बझाङको तल्कोट गाँउपालिकाको खौलाबाट हिल्सा सम्म परिक्षण उडान गरेको हो ।

परिक्षण उडानमा पाइलोट शैलेन्द्र बस्नेत,लागा देवताका धामी जैगिरे धामी, धनमल भण्डारी, राउडी देवताका धामी, भुन्टु धामी, स्थानिय बिष्णु बिष्ट र अम्मर राज जोशी पहिलो लटमा हिल्सा उडेका कैलास सेती टुर एण्ड ट्राभल्स प्रालिका अध्यक्ष किशोर कुमार सिंहले बताए । बझाङ हिल्सा उडान सुरु भए पछि बझाङको बाटो भएर कैलास मानसरोवर जाने यात्रीहरुले सुविधा पाउने उनको भनाइ छ  । 

बर्षेनी हजारौ देश तथा बिदेशका पर्यटकहरु दार्चुला,केरुङ र हुम्ला हुदै कैलास मानसरोवर दर्शनमा जाने गरेका थिए । दुरीका हिसाबले टाढा र हवाई यातायातको प्रयोग गर्नु पर्ने भएकाले समय र खर्चका हिसाबले यि नाकाहरुबाट धेरै पर्यटक भित्रिन सकेका छैनन् । 

बझाङबाट हिल्सा हेलिकप्टर उडानको निरन्तरता स“गै प्रदेश नं ७ मा पर्यककिय गतिविधी बढ्ने र अहिले नेपालका अन्य नाका प्रयोग गरेर कैलाश दर्शनको लागि जाने भारतिय तथा नेपाली पर्यटकहरु यो नाकामा आर्कर्षित हुने कैलास सेती टुर एण्ड ट्राभल्स प्रालिले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!