2026-09-14 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कैलाश मानसरोवर जान हेलीकप्टर उडान

सम्राट सिंह/असार २३, बझाङ | कैलास मानसरोबर दर्शन गर्न जाने भक्तजन तथा पर्यटकहरुलाई लक्षित गर्दै वझाङको तल्कोट गाउँपालिकाको खौलाबाट हुम्लाको हिल्सा सम्म हेलिकप्टर उडान भएको छ । कैलास सेती टुर एण्ड ट्राभल्स प्रालिले हेलिकप्टर कम्पनी अल्टिच्युड एयरसँग मिलेर आज दिउँसो २ बजेबाट  बझाङको तल्कोट गाँउपालिकाको खौलाबाट हिल्सा सम्म परिक्षण उडान गरेको हो ।

परिक्षण उडानमा पाइलोट शैलेन्द्र बस्नेत,लागा देवताका धामी जैगिरे धामी, धनमल भण्डारी, राउडी देवताका धामी, भुन्टु धामी, स्थानिय बिष्णु बिष्ट र अम्मर राज जोशी पहिलो लटमा हिल्सा उडेका कैलास सेती टुर एण्ड ट्राभल्स प्रालिका अध्यक्ष किशोर कुमार सिंहले बताए । बझाङ हिल्सा उडान सुरु भए पछि बझाङको बाटो भएर कैलास मानसरोवर जाने यात्रीहरुले सुविधा पाउने उनको भनाइ छ  । 

बर्षेनी हजारौ देश तथा बिदेशका पर्यटकहरु दार्चुला,केरुङ र हुम्ला हुदै कैलास मानसरोवर दर्शनमा जाने गरेका थिए । दुरीका हिसाबले टाढा र हवाई यातायातको प्रयोग गर्नु पर्ने भएकाले समय र खर्चका हिसाबले यि नाकाहरुबाट धेरै पर्यटक भित्रिन सकेका छैनन् । 

बझाङबाट हिल्सा हेलिकप्टर उडानको निरन्तरता स“गै प्रदेश नं ७ मा पर्यककिय गतिविधी बढ्ने र अहिले नेपालका अन्य नाका प्रयोग गरेर कैलाश दर्शनको लागि जाने भारतिय तथा नेपाली पर्यटकहरु यो नाकामा आर्कर्षित हुने कैलास सेती टुर एण्ड ट्राभल्स प्रालिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ