२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अञ्चल अस्पतालको सुधारको लागि कञ्चनपुरका सभासदद्वारा पहल

२०७५, २३ असार शनिबार १६:४३

भास्कर के.सी | असार २३, कञ्चनपुर | महाकाली अञ्चल अस्पतालको स्थितीमा सुधार ल्याउन कञ्चनपुरका सभासदहरुले पहल गरेका  छन् । 

  दक्ष र विशेषज्ञ डाक्टरहरुको कमि हुनाले यहाँको अस्पतालको हालत दिन प्रतिदिन खस्कदै गईरहेको छ । अञ्चल अस्पताल, अस्पताल नभएर रिफर सेन्टर हुदै गएकोले यसलाई सुधार गर्न यहाँ दक्ष डाक्टर आउने वातावरण बनाउनु पर्ने नेपाली काग्रेसका नेता तथा पुर्व महाकाली अञ्चल अस्पताल अध्यक्ष भोजराज    बोहराले बताउनु भयो । 

२७ जना डाक्टरको दरवन्दि रहेको अस्पतालमा जम्मा ७ जना डक्टरले सेवा दिदै आईरहेका छन् ।


अञ्चल अस्पतालको सुधार गर्न र विरामीलाई सम्पुर्ण सेवा महाकाली अञ्चल अस्पतालमैं उपलब्ध गराउन निजी क्षेत्रको अस्पताल नेपाल मेडिसिटी संग सहकार्य गरी दक्ष डाक्टर ल्याउन लागेको हो । महाकाली अञ्चल अस्पतालको निरीक्षण र त्यहाको सुविधा, अवस्थाबारे बुझन आएका नेपाल मेडिसिटी अस्पतालका  डा. अमित ओडाविल, डा अपूर्व शर्मा, र डा.विजय रिमाल, आफुहरुलाई यहाँ सेवा गर्ने मौका दिए  २४ सै घण्टा सेवा दिने रिमालले बताए ।

आफुहरुले चुनावताका गरेको वचन निभाउन आफु कटिबद्ध रहेको र यहाँका सबैले साथ दिए अब केहि दिनैमै महाकाली अञ्चल अस्पताललाई रिफर सेन्टर नभई सम्पुर्ण सुविधा युक्त अस्पताल बनाउने सभासद डा. दिपक भट्टले बताए  । यसका लागि आफुहरुले केन्द्रमा र सदनमा कुरा  राखेको बताए । 

शनिबार जिल्ला समन्वय समितिमा समितिका प्रमुख फैरु तमाङ्गको अध्यक्षतामा यहाँका प्रतिनिधि सभा सभासद डा. दिपक भट्ट, सभासद निरुपाल, प्रदेश सभाका प्रकाश रावल, मानबहादुर सुनार र क्षेत्र नं. २ का लाल बहादुर खड्का   अञ्चल अस्पतालका अध्यक्ष, नागरिक समाज, जिल्ला प्रमुख, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी प्रमुख, विभिन्न पार्टीका नेता लगायत सरोकार वाला संग बसेको बैठकमा अञ्चल अस्पालतको सुधारको लागि छलफल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी