असार २४, रोल्पा | मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ ।

जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका छन् । तीमध्ये थबाङ गाउँपालिकाका सात र सुनछहरी गाउँपालिकाका दुई जना छन् । दुर्घटनामा परी निधन भएकामध्ये तीन जनाको शव पोखरामा रहेका आफन्तले बुझेको र बाँकीको शव रोल्पा ल्याइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी निधन भएका थबाङ गाउँपालिका–५ उवा रोल्पाका राष्ट्रे रोका, महेश रोका र सिर्जना रोका तथा थबाङ– १ का सुकमान रोका, सुनछहरी– १ का रामकुमार पुन र सोन्तु घर्तीको शव रोल्पा ल्याइएको हो । यसैगरी थबाङ– ५ रोल्पाकी जीतमाया घर्ती र जीतकुमारी पुन तथा थबाङ– १ का मौसम घर्तीको शव भने आफन्तले पोखरामै बुझेका छन् । सडक निर्माणका लागि मुस्ताङ पुगेका रोल्पाका नौ मजदूरले टिपर दुर्घटनामा परी शुक्रबार ज्यान गुमाएका थिए ।

रोल्पा ल्याइएका शवको परीक्षण गरिसकिएको र आफन्तलाई बुझाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई शव बुझ्का लागि आफन्त जिल्ला अस्पताल आइपुगेका छन् भने अन्य आफन्तलाई शव बुझ्का लागि खबर गरिएको छ ।

July 8, 2018
रोल्पा - RLP, समाज
हेलिकप्टरबाट रोल्पा ल्याईयो मजदूरहरुको शव
By साझासवाल
3 मिनेट पढाइ