२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ हिल्सा हेलिकप्टर परिक्षण उडान सफल

२०७५, २४ असार आईतवार १५:३८

टेकेन्द्र बोहरा | असार २४, बझाङ | बझाङको तल्कोटबाट हुम्लाको हिल्सासम्म हेलिकप्टरको परिक्षण उडान सफल भएको छ । 

मौसमको खराबीका कारण सिमिकोटबाट ३० मिनेट लगाएर बझाङ पुगेको माउन्टेन एयरको हेलिकप्टर तल्कोटबाट १८ मिनेटमै हिल्सा अवतरण गरेको कैलाश सेती टुर्स एण्ड ट्राभल्स् प्रालीका सुदिप शाहीले जानकारी दिएका छन  ।

ट्राभल्सले हेलिकप्टर कम्पनी अल्टिच्युड एयरसँग सम्झौता गरेर असार २२ गते परिक्षण उडान गर्ने तयारी गरेपनि अल्टिच्युडको हेलिकप्टरमा खराबी आएपछि माउन्टेन एयरको हेलिकप्टरबाट उडान परिक्षण गरिएको हो ।

हेलिकप्टर सिमिकोटबाट दुर्गा भवानी मावि तल्कोटको प्राङगणमा अवतरण गर्दा स्थानीयले बाजा, गाजा र तालीले ःवागत गरका थिए । हेलिकप्टरका क्याप्टेन र यात्रुहरुलाई फुलमाला सहित स्वागत गरको  स्थानिय वासि किशोरकुमार सिंहले बताए ।

उनले परिक्षण उडान सफल भएको र यसले जिल्लाको पर्यटन विकासको लागि नयाँ ढोका खोलेको बताए। तल्कोट गाउँपालिकाबाटै नियमित उडान गर्न सके पर्यटन व्यवसाय फःटाउने र गाउँपालिकाको कायापलट हुने उनको भनाइ थियो।

सस्तो खर्चमा कैलाश मानसरोवर दर्शन गर्न चाहाने पर्यटकहरुलाई लक्षित गरी नियमित उडान गर्नका लागि गरिएको परिक्षण उडान सफल भएको र अब नियमित उडान हुने ट्राभलका अध्यक्ष किशोरकुमार सिंहले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते