टेकेन्द्र बोहरा | असार २४, बझाङ | बझाङको तल्कोटबाट हुम्लाको हिल्सासम्म हेलिकप्टरको परिक्षण उडान सफल भएको छ ।

मौसमको खराबीका कारण सिमिकोटबाट ३० मिनेट लगाएर बझाङ पुगेको माउन्टेन एयरको हेलिकप्टर तल्कोटबाट १८ मिनेटमै हिल्सा अवतरण गरेको कैलाश सेती टुर्स एण्ड ट्राभल्स् प्रालीका सुदिप शाहीले जानकारी दिएका छन ।

ट्राभल्सले हेलिकप्टर कम्पनी अल्टिच्युड एयरसँग सम्झौता गरेर असार २२ गते परिक्षण उडान गर्ने तयारी गरेपनि अल्टिच्युडको हेलिकप्टरमा खराबी आएपछि माउन्टेन एयरको हेलिकप्टरबाट उडान परिक्षण गरिएको हो ।

हेलिकप्टर सिमिकोटबाट दुर्गा भवानी मावि तल्कोटको प्राङगणमा अवतरण गर्दा स्थानीयले बाजा, गाजा र तालीले ःवागत गरका थिए । हेलिकप्टरका क्याप्टेन र यात्रुहरुलाई फुलमाला सहित स्वागत गरको स्थानिय वासि किशोरकुमार सिंहले बताए ।

उनले परिक्षण उडान सफल भएको र यसले जिल्लाको पर्यटन विकासको लागि नयाँ ढोका खोलेको बताए। तल्कोट गाउँपालिकाबाटै नियमित उडान गर्न सके पर्यटन व्यवसाय फःटाउने र गाउँपालिकाको कायापलट हुने उनको भनाइ थियो।

सस्तो खर्चमा कैलाश मानसरोवर दर्शन गर्न चाहाने पर्यटकहरुलाई लक्षित गरी नियमित उडान गर्नका लागि गरिएको परिक्षण उडान सफल भएको र अब नियमित उडान हुने ट्राभलका अध्यक्ष किशोरकुमार सिंहले बताए।

Related News