२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

राउटेलाई दिइँदै स्थायी परिचय पत्र

२४ असार २०७५, आईतवार १५:४६

असार २४, दैलेख | राउटे समुदायहरुको कुनै स्थायी ठेगाना वा बसोबास छैन । यति मात्रै हैन उनीहरुसंग नागरिकता पनि छैन । उनीहरु कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन् ।

सरकारले पटकपटक आग्रह गर्दा पनि एकै ठाउँमा बस्न नमानेका राउटे समुदायहरुलाई सरकारले मासिक भत्ताको दिँदै आएको छ । राउटेलाई सरकारले व्यवस्थित रुपमा बस्ती बसाउन पहल गरेपनि सम्भव भएन तर अब उनीहरुलाई स्थायी ठेगनासहितको परिचयपत्र दिइने भएको छ । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरी परिचयपत्र दिने भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनीहरुको नाम थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र दिएसँगै अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका, दैलेख कायम हुने भएको हो ।

उनीहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको पनि शुरुआत यसै आर्थिक वर्षबाट गरिने गाउँपालिकाले जनाएको छ । जसको लागि दुईजना कर्मचारीसमेत नियुक्त गरिसकिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । दुईजना कर्मचारीमध्ये एकजना एच.ए.ले राउटेको स्वास्थ्य हेरबिचार गर्ने छन् भने अर्का एकजनाले उनीहरुलाई पढाउने छन् । नियुक्त गरिएका कर्मचारी र राउटेलाई दिइने भत्ताको लागि संघीय सरकारले गाउँपालिकाको खातामा १ करोड २७ लाख रकम पठाइसकेको अध्यक्ष वलीले बताए । ‘गाउँपालिकाले कर्मचारी नियुक्त गरिसकेको छ, अब राउटेहरुको उपचार तथा रेखदेख ती कर्मचारीहरुबाट नै हुन्छ,’ उनले थपे, ‘राउटेहरुले गर्ने क्रियाकलापको अपडेट पनि उनीहरुले गर्नेछन् भने रातीमा प्रोजेक्टबाट उनीहरुा बालबालिकालाई सिकाउने, सन्देशमुलक भिडियोहरु देखाउने लगायतका क्रियाकलाप नियुक्त भएका कर्मचारीहरुले गर्नेछन् ।’


राउटेलाई दिइने परिचयपत्र छपाइको काम भइसकेकाले केही दिनमै नाम थरसहित ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र वितरण गर्ने तयारी गरिएको वलीले बताए । राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले आफूहरुलाई भत्ता लिन ठाउँठाउँ जान समस्या हुने गरेको भन्दै अब एकै ठाउँबाट भत्ता लिँदा आफ्ना जनता भोकै बस्नु नपर्ने बताए । ‘अहिलेसम्म भत्ता ढिलो गरी आउने गरेको थियो, भत्ताको लागि कहिले कसैलाई भन्नुपथ्र्यो, अब भत्ता समयमै आउँछ भन्ने लागेको छ,’ मुखियाले भने, ‘भत्ता छिटो आयो भने मेरा जनता भोकै बस्ने समस्या कम हुन्छ, दशै, तिहार मनाउन पनि सजिलो हुने थियो ।’ अहिले राउटे गुराँस गाउँपालिकाको–८ को गर्चे खोलामा बस्दै आएका छन् । विगत फागुनदेखि गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा राउटे समुदायहरु बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य