Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

राउटेलाई दिइँदै स्थायी परिचय पत्र

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २४, दैलेख | राउटे समुदायहरुको कुनै स्थायी ठेगाना वा बसोबास छैन । यति मात्रै हैन उनीहरुसंग नागरिकता पनि छैन । उनीहरु कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन् ।

सरकारले पटकपटक आग्रह गर्दा पनि एकै ठाउँमा बस्न नमानेका राउटे समुदायहरुलाई सरकारले मासिक भत्ताको दिँदै आएको छ । राउटेलाई सरकारले व्यवस्थित रुपमा बस्ती बसाउन पहल गरेपनि सम्भव भएन तर अब उनीहरुलाई स्थायी ठेगनासहितको परिचयपत्र दिइने भएको छ । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरी परिचयपत्र दिने भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनीहरुको नाम थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र दिएसँगै अब राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका, दैलेख कायम हुने भएको हो ।

उनीहरुलाई नियमित निगरानी राख्न तथा स्वास्थ्य शिक्षाको पनि शुरुआत यसै आर्थिक वर्षबाट गरिने गाउँपालिकाले जनाएको छ । जसको लागि दुईजना कर्मचारीसमेत नियुक्त गरिसकिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । दुईजना कर्मचारीमध्ये एकजना एच.ए.ले राउटेको स्वास्थ्य हेरबिचार गर्ने छन् भने अर्का एकजनाले उनीहरुलाई पढाउने छन् । नियुक्त गरिएका कर्मचारी र राउटेलाई दिइने भत्ताको लागि संघीय सरकारले गाउँपालिकाको खातामा १ करोड २७ लाख रकम पठाइसकेको अध्यक्ष वलीले बताए । ‘गाउँपालिकाले कर्मचारी नियुक्त गरिसकेको छ, अब राउटेहरुको उपचार तथा रेखदेख ती कर्मचारीहरुबाट नै हुन्छ,’ उनले थपे, ‘राउटेहरुले गर्ने क्रियाकलापको अपडेट पनि उनीहरुले गर्नेछन् भने रातीमा प्रोजेक्टबाट उनीहरुा बालबालिकालाई सिकाउने, सन्देशमुलक भिडियोहरु देखाउने लगायतका क्रियाकलाप नियुक्त भएका कर्मचारीहरुले गर्नेछन् ।’

राउटेलाई दिइने परिचयपत्र छपाइको काम भइसकेकाले केही दिनमै नाम थरसहित ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र वितरण गर्ने तयारी गरिएको वलीले बताए । राउटे समुदायका मुखिया सुर्यनारायण शाहीले आफूहरुलाई भत्ता लिन ठाउँठाउँ जान समस्या हुने गरेको भन्दै अब एकै ठाउँबाट भत्ता लिँदा आफ्ना जनता भोकै बस्नु नपर्ने बताए । ‘अहिलेसम्म भत्ता ढिलो गरी आउने गरेको थियो, भत्ताको लागि कहिले कसैलाई भन्नुपथ्र्यो, अब भत्ता समयमै आउँछ भन्ने लागेको छ,’ मुखियाले भने, ‘भत्ता छिटो आयो भने मेरा जनता भोकै बस्ने समस्या कम हुन्छ, दशै, तिहार मनाउन पनि सजिलो हुने थियो ।’ अहिले राउटे गुराँस गाउँपालिकाको–८ को गर्चे खोलामा बस्दै आएका छन् । विगत फागुनदेखि गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा राउटे समुदायहरु बसेका छन् ।