2026-09-14 07:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कार्यालय प्रमुखका लापरवाहिका कारण खर्च भएन अनुदानको रकम

टेकेन्द्र बोहरा/असार २५, बझाङ | चैनपुरमा असार बित्न लाग्दासमेत साना उद्योग व्यवसायीलाई अनुदान दिनुपर्ने रकम  कार्यालय प्रमुखका लापरवाहिका कारण खर्च हुन सकेको छैन ।

kmf]6f] —3/]n’ tyf ;fgf pBf]u ljsf; sfof{no aemfªsL  pBf]u clws[t ;Gtf];L g]kfnL 

घरेलु तथा साना उद्योग विकास कार्यालयबाट उद्योग व्यवसायीलाई दिनुपर्ने सामग्री सूचना प्रकाशन गरी सप्लायर्सबाट सामान खरिद गर्नुपर्ने हो । तर, घरलु साना उद्योग कार्यालय बझाङ प्रमुख सन्तोषी नेपालीको सप्लायर्सबाट कमिसनको चलखेल नमिल्दा सामग्री ढुवानीमा ढिलाइ हुने भएपछि यस वर्षको कार्यक्रमको रकम फ्रिज हुने निश्चित भएको  स्थानिय व्यवसायीको भनाइ रहेको छ । 

२३ लाखको उपभोक्तासँग सम्झौता गर्न ढिलासुस्तीले कार्यक्रम नहुने भएपछि अनुदान पाउन छनोट भएका व्यवसायी आक्रोशित भएका छन् ।

कार्यालयको उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत कुखुरा फर्म, सिलाइकटाइ, व्यवसायी तरकारी खेती, मासु पसल फर्निचरका उद्योगी व्यवसायीका लागि दिनुपर्ने सामग्री कमिसनको तालमेल नमिल्दा सामान खरिदका लागि सूचना प्रकाशन नगरेको छनोटमा परेका कुखुरा व्यवसायी लोकेन्द्र्र खड्काले आरोप लगाएका छन  ।

घरेलु विकासको साना अनुदान कार्यक्रमका लागि ३ महिनाअघि नै ३० जना उद्योगी व्यवसायी किसानलाई छनोट गरिएको थिए ।

‘उपयुक्त प्रविधि हस्तान्तरणमार्फत प्रतिव्यक्ति ५० हजारदेखि एक लाखसम्म अनुदान सामग्री पाइने भनी निवेदन माग गरियो’, चैनपुरमा कुखुरा व्यवसायी गर्दै आएका लोकेन्द्र खड्काले भने, ‘तर हाकिमको गलत नियतले हामीले सरकारी सेवाबाट वञ्चित गराइयो  ।’

उनीजस्तै अर्का सिलाइकटाइका व्यवसायी मीनबहादुर दमाईंले पनि सिलाइकटाइ मेसिन पाइएला भनेर ढुक्क भएको बताए । तर, हाकिमले कार्यक्रम हँुदैन भनेपछि निरास भएको गुनासो पोखे ।

 विभागबाट आर्थिक वर्षको दोस्रो चौमासिकमा निकासा भएको कार्यक्रमको बजेट कार्यालय प्रमुख नेपालीले धनगढीमा रहेका सप्लायर्ससँग पैसाको लेनदेन नमिल्दा कार्यक्रम ढिलासुःती गरेको घरेलु विकास कार्यालयका एक कर्मचारीले बताए ।

 कार्यालय प्रमुख सन्तोषी नेपालीले कार्यक्रममा कुनै गलत नियत नभएको प्रविधिका कारण ढिला भएको जानकारी दिइन् ।

आर्थिक वर्ष ०७३÷७४ मा समेत कार्यालय प्रमुख नेपालीले कमिसन छनोट गरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

गत वर्ष खरिद गरेको सामानमा नेपालीले सप्लायर्ससँग मिलेर दोब्बर मूल्यवृद्धि गरेको उनको आरोप छ ।

कार्यालय प्रमुख नेपालीले गत वर्ष ५० लाखको कार्यक्रममा २० लाख फ्रिज भएको र यस वर्ष जिल्लामा व्यवसायीलाई खरिद गर्ने सामग्री सप्लायर्स नभएकाले काम गर्न कठिन भएको जानकारी दिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ