२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हुलाकी सडकखण्ड निर्माणमा लापरबाहीप्रति स्थानीयको आक्रोश

२०७५, २५ असार सोमबार ०६:५७

असार २५, बर्दिया | गुलरिया र मधुवन नगरपालिकालाई जोड्ने हुलाकी सडक खण्ड निर्माणको जिम्मा पप्पु कम्पनीले पाएकोमा कम्पनीले सो खण्डको निर्माणमा चरम लापरवाही गरिरहेको स्थानीयवासीले आरोप लगाएका छन् । 

पप्पु कम्पनीले पूर्व–पश्चिम राजमार्ग जोड्ने जब्दीघाटको पुल चर्को विरोधका बीच रु १६ करोड लागतमा निर्माण गरेको जब्दी घाटको पुल एक वर्ष पनि टिकेन । जब्दीघाटको पुल उद्घाटन नहुँदै भत्किएको थियो । भत्किएको पुल केन्द्रीय तहले अनुसन्धान गरिरहेको छ । 

तर, हुलाकी सडकअन्तर्गत ढोढरी र भुरीगाउँ सडकखण्डको निर्माणमा भने उनीहरुले चित्त बुझाएका छन् । “राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,” सांसद तिलक शर्मा ‘हिमाल’ले भन्नुभयो । कसैले यही सडकखण्ड राम्रोसँग बनाउने, कसैले मनपर्दी गर्न पाइन्छ ? उहाँले प्रश्न गर्नुभयो । 

चर्को गर्मी बढेसँगै अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको नेपाल–भारतको सीमा मुर्तिहादेखि राजापुरसम्मको यात्रा कष्टकर बनेको छ । उता अनुपयुक्त डाइभर्सनको संरचनाका कारण हुलाकी सडकमा सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ । 

यतिबेला हुलाकी सडककै कारण सास्ती खेप्न बाध्य रहेको स्थानीयवासीले गुनासो गरिरहेका छन् । 

सडक हिलाम्मे हुँदा आवतजावतमा असर पर्दा सर्वसाधारण मर्कामा परेको उनीहरुको गुनासो छ । हिलाम्मे सडकका कारण गुलरिया, मधुवन र राजापुरको व्यवसाय चौपट छ । बजार क्षेत्रमा हिलो हटाउन पटकपटक आग्रह गरेको भए पनि सुनुवाइ नभएको स्थानीयवासी बताउँछन् । हिलाम्मे सडक खण्डमा ठेकेदारलाई ढुङ्गा हाल्न लगाएर सडक सञ्चालन गर्नुपरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

निर्माण सामग्री संकलनको काम भइरहेको र हुलाकी सडक निर्माणले तीव्रता नपाएको ठेकेदार कम्पनीका साइट इन्चार्ज सूर्य गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते