२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा सवारी दुर्घटनामा परि दुईको मृत्यु

२६ असार २०७५, मंगलवार १२:२२

असार २६, मोरङ | मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना५ख ५००८ नंको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बूढीगंगा–३ का ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उपचारका क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालक सप्तरीको सप्तकोसी नगरपालिका–१ का ५१ वर्षीय कुशुमलाल साहलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी, रतुवामाई नगरपालिका–५ मा आज ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । को२त ८११५ नंको ट्र्याक्टरले किचेर रतुवामाई नगरपालिका–५ बस्ने मनोज माझीको ४ वर्षीय छोरा बादल माझीको मृत्यु भएको हो । बाबुले खेत जोत्नका लागि ट्र्याक्टर लैजाने क्रममा सोही ट्र्याक्टरमा बसेका बादल अचानक तल खसेको र पछाडिको चक्काले किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घटनापश्चात् बाबु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने