Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हुम्लामा झुण्डिएर २३ बर्षिया महिलाद्वारा आत्महत्या

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>रेशमराज रोकाया</b> | असार २६, हुम्ला | हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ८ स्थित आफ्नै घरमा झुण्डिएर एक जना महिलाले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका ८ का तुलराज बुढाकी २३ वर्षीय श्रीमति रुपा बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी विष्णु बहादुर सिहंले जानकारी दिएका छन ।&nbsp;<br></p><p>विहान करिब ११ बजे झुण्डिएर मृत्यु भएको घटना स्थलमा सर्केगाड इलाका प्रहरी कार्यालयबाट घटना बुझ्न प्रहरी सर्केगाड ८ फुचा गाउँ पुगेको स्थानिय धनबीर बुढाले बताउनु भयो । के कसरी घटना हुन गएको हो भन्ने बारेमा प्रहरी घटना स्थलमा पुगेपछि थाहा हुने जिल्ला प्रहरी कार्यालय हुम्ला स्राृतले जानकारी गराएको छ । घटना स्थल सर्केगाड इलाका प्रहरी चौकी भन्दा ३ घण्टाको टाढाको दुरी रहेको छ ।&nbsp;&nbsp;</p><p>घरायसी कुनै कलह समेत नभएको, मृतकका श्रीमान फुचा सिचाई योजनको कामा गएको अवस्थामा यस्तो घटना हुन गएको स्थानिय धनवीर बुढाको भनाई रहेको छ । विहान घरमा खाना खाएर घरायसी कामको लागेको भएता पनि घरमा झुण्डिएर मृत्यु भईसके पछि स्थानिय विद्यालय निलकण्ठ आधारभुत विद्यालयका छात्रले देखेर गाउँका छिमेकीलाई खबर गरेको बताईएको छ ।&nbsp;</p>