२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मृत फेला परेकी बिकलाई श्रीमानले कुटपिट गरेको खुलासा

२०७५, २७ असार बुधबार ०६:३३

प्रेम सुनार/असार–२७, वुटवल । हिजो विहान करिव ६ वजेको समयमा बाग्लुङ्गको वुर्तिबाङ्गमा झुण्डिएको अवस्थामा मृत  फेला परेकी २७ वर्षिया प्रेमकुमारी बिकलाई राती उनका श्रीमानले कुटपिट गरेको खुलासा भएको छ ।


तामनखोला गाउँपालिका खुँखानी घर भई वुर्तिबाङ्ग तुल्सीनगरमा डेरा गरी छोरा पढाउन बसेकी प्रेमकुमारी बिक हिजो विहान घर अगाडी सजिवलको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन ।  उनका भाई ख बहादुर विक र उनकी श्रीमति पनि त्यसै घरको एउटै घरमा डेरा गरी बसेका थिए ।  मृतककी भाई वुहारी तारा रसाईलीले आज विहान रुँदै त्यस राती उनकै श्रीमानले कुटपिट गरेको खुलासा गरेकी हुन ।

यस्तो छ उनको भनाई

स्कलुबाट आउने क्रममा उहाँका छोराको लडेर हात भाँचिएको थियो । त्यही निहुँमा अनेक लाञ्छना लगाउँदै विदेशबाट आएपछि झगडा भई रहन्थ्यो । छोराको तैले हेर विचार नगरेर हात भाँचियो भनेर अनेक गाली गलौज गर्नुहुन्थ्यो । अँस्ती राती अवेरसम्म खानपिन गरेर बसेको थाह छ । अरु कुरा केहि थाह भएन ।

राती दुई चार थप्पड श्रीमतिलाई कुटपिट गरेको आफै बताउँदै हुनुहुन्थ्यो । विहन उठ्दा घर अगाडी झुण्डिएको अवस्थामा मेरो श्रीमान  ( खबहादुर ) ले देखे पछि  उहाँ आफै (  भरतबहादुर )  ले रसी काट्नु भएको हो ।  उहाँहरुको कोटामा वालक रोई रहेका थिए । मैले कोठामा ल्याएर राखेकी छु । मम्मी… मम्मी.. भनेर रोई रहेका छन । मैले अहिले आउनुहुन्छ भनेर फकाई रहेकी छु । ’

उनि संगै फोनको ब्यागराउण्डमा पनि ति वालक रोएर सताई रहेको सुनिन्थ्यो ।


दुई चार थप्पड हाने कै हुँ भन्छः प्रहरी

यस सम्वन्धमा वुर्तिवाङ्ग ईलाका प्रहरी कायालय वुर्तिबाङ्ग संग सम्पर्क राख्दा त्यहाँका प्रमुख प्रहरी निरीक्षक  ओमप्रकास यादवले पनि त्यस राती उनका श्रीमानले कुटपिट गरेको कुरा पुष्टि गरे  । उनले भने –‘ सवै कुरा त अहिले अनुसन्धानका क्रममा भएकोले भन्न मिल्दैन तर निज आफैले श्रीमतीलाई त्यस दिन राती दुई चार थप्पड लगाएको भनेर बताएका  छन् ।  वुर्तिवाङ्ग एकिकृत सेवा केन्द्र प्रशासन प्रमुख जनक थापा संग सम्पर्क राख्दा उनले पोष्टमार्टम र थप अनुसन्धान गर्न वाग्लुङ्ग पठाईएको बताए ।  जिल्ला प्रहरी प्रमुख संग सम्पर्क राख्न खोज्दा फोन उठेन ।

कुखरा झुण्डिए पनि हाँगो भाँचिने खालको छ

स्थानियवासीले उनि झुण्डिएर मेरेको कल्पना समेत गर्न नसकिने बताए । नाम नवताउने सर्तमा एक जना स्थानियले भने–‘विचरीले श्रीमान विदेशबाट आउँछ भनेर त्यति धेरै लोकल कुखरा पालेर राखेकी थिईन । तिनै कुखरा राखेको खोर सगै रहेको सजिवलको हाँगामा मृत फेला पर्नु परेको छ ।

त्यस्तो हाँगामा पनि झुण्डिएर मर्न सकिन्छ ? आएर हेर्नुस् ,  कुखरा झुण्डाए पनि  त्यो हाँगो भाँचिने खालको छ  । वैदेशिक रोजगारमा हुने महिलाले अनेक प्रकारका लाञ्छाना खोप्नु परेको छ । त्यसैको उदाहरण हो यो घटना  । विदेशबाट आएदेखि रातै दिन  श्रीमानले  टोकास्ने , झगडा गर्ने गर्दथे । ’ 

तस्वीर ः विदेशबाट आएपछि छोरा विचमा राखेर ति दम्पत्तीले  खिचिएको फोटा र घटना स्थलको त्यो रुखको हाँगा हेर्नुहोस , जसमा झुण्डिदा भाँचीनु पर्ने होईन र ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा