२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी अस्पतालको बोलपत्र आह्वान स्थगन

२०७५, २७ असार बुधबार १०:२४

असार २७, बुटवल | लुम्बिनी अञ्चल अस्पताल, बुटवलको व्यावसायिक सटर भाडामा दिन भएको बोलपत्र स्थगन भएको छ । 

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निजी सचिवालयले, लुम्बिनी अञ्चल अस्पताललाई पत्राचार गर्दै व्यावसायिक सटरको टुंगो प्रदेश सरकारबाट नै लगाउन हुन निर्देशानशुसार अनुरोध गरेपछि बोलपत्र स्थगित भएको हो । 

देश प्रादेशिक संरचनामा अगाडि बढिरहेको अवस्थामा अञ्चल अस्पतालबाट सञ्चालन गर्ने, सेवा थप गर्ने र आधिकारिक सेवा प्रर्वाह गर्ने दायित्व समेत सम्बन्धित प्रदेश सरकारलाई स्वतः जाने हुँदा प्रक्रियामा रहेको सटरको बोलपत्र प्रदेश सरकारको समन्वयमा गर्न अस्पताललाई भनिएको पत्रमा उल्लेख छ । 

लुम्बिनी अञ्चल अस्पताल, बुटवलका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण खनालले सरकारले पत्राचार गरेपछि मात्रै प्रदेश सरकारसँग समन्वय भएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयसँग बोलपत्रका लागि पत्राचार गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “पहिले हामीलाई जानकारी भएन र समन्वय गरिएन । अहिले प्रदेश सरकारसँग समन्वय गरिएको छ । सो पत्र प्रदेश नं– ५ का सामाजिक विकास मन्त्रालयलाई पनि बोधार्थ पठाइएको छ ।” 

विवादास्पद सो व्यावसायिक सटरमा अहिले खास गरी औषधि व्यवसायी लगायतले महँगो पैसा तिरेर औषधि पसल सञ्चालन गर्दै आएका छन् । उनीहरुले रु ५० हजारदेखि रु तीन लाख ५० हजारसम्म मासिक भाडा शुल्क तिर्दै आएका छन् । करीब ७० व्यावसायिक सटरका विषयमा लामो समयदेखि विवाद हँुदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते