२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी अस्पतालको बोलपत्र आह्वान स्थगन

२७ असार २०७५, बुधबार १०:२४

असार २७, बुटवल | लुम्बिनी अञ्चल अस्पताल, बुटवलको व्यावसायिक सटर भाडामा दिन भएको बोलपत्र स्थगन भएको छ । 

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निजी सचिवालयले, लुम्बिनी अञ्चल अस्पताललाई पत्राचार गर्दै व्यावसायिक सटरको टुंगो प्रदेश सरकारबाट नै लगाउन हुन निर्देशानशुसार अनुरोध गरेपछि बोलपत्र स्थगित भएको हो । 

देश प्रादेशिक संरचनामा अगाडि बढिरहेको अवस्थामा अञ्चल अस्पतालबाट सञ्चालन गर्ने, सेवा थप गर्ने र आधिकारिक सेवा प्रर्वाह गर्ने दायित्व समेत सम्बन्धित प्रदेश सरकारलाई स्वतः जाने हुँदा प्रक्रियामा रहेको सटरको बोलपत्र प्रदेश सरकारको समन्वयमा गर्न अस्पताललाई भनिएको पत्रमा उल्लेख छ । 

लुम्बिनी अञ्चल अस्पताल, बुटवलका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण खनालले सरकारले पत्राचार गरेपछि मात्रै प्रदेश सरकारसँग समन्वय भएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयसँग बोलपत्रका लागि पत्राचार गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “पहिले हामीलाई जानकारी भएन र समन्वय गरिएन । अहिले प्रदेश सरकारसँग समन्वय गरिएको छ । सो पत्र प्रदेश नं– ५ का सामाजिक विकास मन्त्रालयलाई पनि बोधार्थ पठाइएको छ ।” 

विवादास्पद सो व्यावसायिक सटरमा अहिले खास गरी औषधि व्यवसायी लगायतले महँगो पैसा तिरेर औषधि पसल सञ्चालन गर्दै आएका छन् । उनीहरुले रु ५० हजारदेखि रु तीन लाख ५० हजारसम्म मासिक भाडा शुल्क तिर्दै आएका छन् । करीब ७० व्यावसायिक सटरका विषयमा लामो समयदेखि विवाद हँुदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य