२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

बहुभाषिक कविगोष्ठी

२८ असार २०७५, बिहीबार ०६:०३

असार २८ ललितपुर | नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गर्नुभएको छ । 


कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई (नेपाली), सोझो गाउँले (खस नेपाली), देवकी तिमिल्सिना (खस व्याँसी भाषा), उदिम किराती (थुलुङ् राई भाषा), विष्णु नेम्वाङ (लिम्बू), साङ्तेन वान्तवा (वान्तवा), बीना थिङ (तामाङ), मनिषा राई (थुलुङ राई) लगायत हुनुुहुन्थ्यो । 

कार्यक्रममा तिलक चाम्लिङले चाम्लिङ भाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै पूर्वी नेपालका उदयपुर, खोटाङ, भोजपुर आदि जिल्लमा बोलिने सो भाषा करीब दुई लाखले बोल्ने बताउनुभयो । 

प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले कविता निरन्तर साधना गरिरहनुपर्ने विषय भएको र यो समयसापेक्ष हुनुपर्छ भन्नुभयो । प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख मातृका पोखरेलले आफूहरुले साधन र स्रोतअनुसार मातृभाषाको विकासमा प्रयास जारी राखेको बताउनुभयो । 

संगीतकार तथा प्राज्ञ शान्तिराम राईले भाषालाई व्यावसायिक बनाउन सके मात्र पछिसम्म बाँच्ने बताउनुभयो । लोकगीत अनुसन्धाता डा भक्त राईले भाषा संस्कृतिको जननी भएको बताउँदै यसलाई बोलेर, लेखेर तथा साहित्यको माध्यमबाट बचाउनुपर्छ भन्नुभयो । कवि नाकिमा नाकिनले भाषा सम्बन्धित जातिको प्रयासले नै बाँच्न सक्ने बताउनुभयो । 

सहआयोजक माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले मातृभाषाको विकासका लागि सबैको प्रतिनिधित्व हुने गरी सफल कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य