४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

२८ असार २०७५, बिहीबार ०७:३५

असार २८, विराटनगर | नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । 

यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले दुई लाख ९७ हजा ९४३ जना मात्र निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ । त्यसताका नेपालमा साक्षरता ४३ प्रतिशत थियो भने अहिले करीब साक्षर देश घोषणा हुन सक्ने अवस्थामा पुगेको केन्द्रका उपसचिव बालकृष्ण गैरले जानकारी दिनुभयो । 

सरकारले निरक्षरलाई उन्मूलन गर्न र साक्षर देश बनाउन विगतदेखि नै राष्ट्रिय शिक्षा नारालाई परिवर्तन गर्दै यसवर्ष ‘सबैका लागि जीवन पर्यन्त शिक्षा’ कायम गरिएको सन्दर्भलाई यस वर्ष विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएको पाइयो । ‘साक्षर बनौँ, साक्षर बनाऔँ’ साक्षर नेपाल अभियानमार्फत थालिएको विद्यार्थी भर्ना अभियानमा मोरङ जिल्लाले हासिल गरेको सफलताबाट नै आउँदो भदौ ३१ गते साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा पुगेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार थापाले बताउनुभयो । 

कूल नौ लाख ६४ हजार ४९४ जनसंख्या रहेको मोरङमा २० हजार ३७१ जना निरक्षर छन् । जिल्लाका आठ गाउँपालिका, आठ नगरपालिका तथा एक महानगरपालिकामा विभाजित यो जिल्ला राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट पनि महत्वपूण मानिएको छ । 

घोषणा हुने आधार ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले साक्षर जिल्ला घोषणा गर्न अहिलेदेखि नै तयार गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख थापाको भनाइ छ । गाउँपालिकामा केराबारी, ग्रामथान, मिक्लाथुङ र पथरीशनिश्चरे नगरपालिकामा शत्प्रतिशत साक्षर रहेको र केही गाउँपालिका एवं नगरपालिका साक्षर जिल्ला घोषणा हुने मापदण्डभित्र नपरे पनि ती गाउँपालिका र नगरपालिकामा साक्षर अभियान जारी नै रहने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ