२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाको सिमिकोट पूर्ण खोप गाउँपालिका घोषित

२०७५, २८ असार बिहीबार १२:२१

रेशमराज रोकाया/असार २८, हुम्ला | सिमिकोट गाउँपालिका पूर्ण खोप घोषित भएको छ । हुम्ला जिल्लाका दुई वटा गाउँपालिका हाल सम्म पुर्ण खोप गाउँपालिका घोषित भएका छन् । यस अघि खार्पुनाथ गाउँपालिकालाई पुर्ण खोप गाउँपालिकाको रुपमा घोषणा भईसकेको र अन्य गाउँपालिकामा पनि यसको तयारी भईरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. रन्जित कुमार यादवले बताउनु भयो ।


सिमिकोट गाउँपालिकामा एक वटा जिल्ला अस्पताल, ४ वटा स्वास्थ्य केन्द्र र एक सामुदायिक स्वास्थ्य क्लिनिक मार्फत नियमित खोप सञ्चालन गरी पूर्ण खोप गाउँपालिका घोषणा गराउनको लागि सम्भव भएको हो । सिमिकोटमा रहेका जम्मा २ सय ७८ लक्षित बालबालिका मध्ये हाल २ सय उनान्साठी बालबालिकाले नियमित खोप लगाईरहेको तथ्याँक जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाले जानकारी प्रदान गरेको छ । 

जिल्ला अस्पताल सिमिकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी  माधव प्रसाद ढुँगानाले हुम्लामा स्वास्थ्यको अवस्था सुधार गर्नको लागि बालबालिकालाई खोपको अवस्थालाई ध्यान पुर्याउन सकियो भने धेरै रोगबाट उन्मुख्ती पाउन सक्ने भएकोले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप कार्यक्रमलाई जिल्लाभर नियमित बनाईराख्न सुझाउनु भयो । 

सिमिकोट गाउँपालिकालाई जिल्लाकै दोस्रो पुर्ण खोप गाउँपालिका घोषणा गर्नको लागि सहयोग गर्ने सबै स्वास्थ्यकर्मी र सरोेकारवाला निकायलाई धन्यवाद दिँदै आगामी दिनमा स्वास्थ्यको अन्य क्षेत्रमा सुधार गर्नको लागि सबै स्वास्थ्यकर्मी लाग्नको लागि गाउँपालिकाको कार्यालयले सहयोग गर्ने भनाई गाउँपालिकाका अध्यक्ष पदम लामाले बताउनु भयो । 

हाल जिल्लामा एक अस्पताल र २७ वटा स्वास्थ्य केन्द्र मार्फत जिल्लाको स्वास्थ्य सेवा चलिरहेको छ । 

हाल औषधी उपचार गर्नको लागि सिमित स्वास्थ्य सुविधा मात्र त्यस्ता स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको भएता पनि केही जटिल विरामीको उपचार जिल्ला अस्पतालमा मात्र हुने गरेको छ । कठिन अवस्थामा रहेका सुत्केरीको अपरेसन लगायतका सुविधा नहुँदा हुम्लाका वासिन्दालई कठिन हुने गरेको छ । धेरै विरामी भएमा जिल्लामा रहेका त्यस्ता स्वास्थ्य संस्थामा सिटामोल समेत पाउन कठिन हुने गरेको छ । गाउँपालिकाको कार्यालय मार्फत हाल औषधीको खरिद गरिने प्रावधान नेपाल सरकारले ल्याए पश्चात हाल औषधी नियमित रुपमा खरिद हुन नसक्नु हुम्लाको अर्को समस्या रहेको छ ।

कठिन भू बनोटको कारण विरामीलाई उपचार गराउन जिल्ला ल्याउन पर्दा हप्तौं दिन लगाई बोकेर सदरमुकाम सिमिकोट आउनु पर्ने अवस्था अझै कायम रहेको छ । खोपको लागि भ्याक्सिन लगायतका सामाग्री जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुर्याउनको लागि समेत कठिन हुँदा बेलैमा राष्ट्रिय कार्यक्रम खोपलाई केही दिन ढिलो गरी समेत सञ्चालन गर्नु पर्ने अवस्था अझै कायम रहेको छ । 

स्वास्थ्य संस्थामा दरवन्दी अनुसारको स्वाथ्यकर्मी नबस्नु यहाँको ठूलो रोग हुँदै आएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाका अधिकाँश स्वास्थ्य संस्थामा स्वास्स्थ्कर्मी नपुग्ने र विरामीले सामान्य औषधी समेत नपाउने अवस्था अझै कायम रहेको छ । त्यहाँ राष्ट्रिय खोप अभियान अन्तरगत कुनै पनि कार्यक्रममा बालबालिकाले खोप पाउन सकेका छैनन् । स्वास्थ्यकर्मी कोहो ? स्वास्थ्य संस्था कहिले खुल्छ कुने अत्तोपत्तो नहुने त्यहाँका स्थानियले बताउने गरेका छन् । स्वास्थ्य संस्था कहिल्यै नखुल्दा स्वास्थ्य सामाग्री र संस्थाको अवस्था जिर्ण बन्दै गएको छ भने त्यहाँका वासिन्दालाई सामान्य औषधी उपचारको लागि १ हप्ताको पैदल पछि सिमिकोट आई औषधोपचार गर्नु पर्ने बाध्यता रहेको छ । 

कठिन विरामी भएमा त ३ लाख भन्दा बढी रकम तिरेर हेलिकोप्टर चार्टड गर्नु बाहेक कुनै उपाय नहुने गरेको छ । कमाई धमाई हुनेले हेलिकाकोप्टर मार्फत जिल्लामा ल्याउलान् तर धन नहुने अवस्थाका स्थानियले त मर्नु बाहेक कुनै विकल्प नरहेको लिमीका स्थानिय छिरिङ्ग लामाको भनँई रहेको छ । बालबालिकालाई सुई लगाउनु पर्छ भन्ने शहर जाँदा सुनेको हो तर हाल सम्म यहाँका बालबालिकाले कुनै खोप नलगाएको लामाको कथन रहेको छ । कुनै रोगको विरुद्ध हाल सम्म खोप कायक्रम सञ्चालन नभएको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ