१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

मधेश आन्दोलन र महिला विषयक पहिलो औपचारिक कार्यक्रमको आयोजना

७ फाल्गुन २०७२, शुक्रबार २०:५७

udayapurअजयकुमार साह/फागुन ८, उदयपुर । मधेश आन्दोलन र नयाँ संबिधानमा महिला सहभागीता विषयक दुई
दिने गोष्ठि शुक्रबार सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ ।

मधेशी
मुद्दामा पहिलो पटक आयोजना गरिएको सो कार्यक्रम “समाबेशी सवाल र लैगिक समानता आजको मुख्य आवश्यकता“
भन्ने नाराका साथ टेवा ललितपुरको सहयोग र मुलधार महिला सेवा केन्द्र (मासवेस)को आयोजनामा विहिबार देखी
आयोजना गरिएको थियो ।

कार्यक्रममा हाल सम्मको मधेश आन्दोलनको
समिक्षात्मक अन्तरक्रिया, आन्दोलनमा महिलाको सहभागिता र नयाँ संविधानमा महिलाहरुको हक सुनिश्चितताका
लागी हाल रहेका निति तथा नियम लगायतका बिषय बस्तु माथी छलफल गरिएको आयोजक संस्था मासवेसले जनाएको छ

सभाषद् शान्ति देबी चौधरीको प्रमुख आतिथ्यमा सुरु गरिएको सो
कार्यक्रममा महिला नेतृ, महिला तथा बालबालिका प्रमुख, अगुवा मधेशी बुद्धिजीवी लगायतको उपस्थिती रहेको
थियो । जिल्लाको तिनै निर्वाचन क्षेत्रका अगुवा महिला, समाजिक कार्यकर्ता लगायतका गरी करिब ५० जनाको
सभावेशी सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्य गरी ५ जना
सहजकर्ताहरुले सहजीकरण गरेका थिए । मधेश आन्दोलन र महिला सम्बन्धीका निति नियमको विषयमा सहजकर्ता युवराज
पराजुली, मधेश आन्दोलन–मधेशी मुद्दा र आन्दोलनमा महिला विषयमा अजयकुमार साह, लैङ्गिकता र कानुनी
प्रावधानको विषयमा लक्ष्मी चौधरी र वैजनाथ साह त्यसैगरी राजनितिमा महिला सवालको विषयमा नजबुल खान निलमले
सहजीकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा
व्यक्तीत्वहरुको सहभागिताका साथै सवाल उपर टिकाटिप्पणी समेत लिएको थियो । भित्री मधेशको रुपमा रहेको
उदयपुर जिल्लामा मधेशी सवालमा औपचारिक रुपमा सो कार्यक्रम पहिलो पटक आयोजना गरिएको अधिकारकर्मी युवराज
पराजुलीले बताए । कार्यक्रमको सहभागीमा मधेशी तथा गैरमधेशी महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
सहभागीहरुले विषय बस्तुको बारेमा केही जानकारी भएपनि कार्यक्रममा गरिएको सहजीकरणले मधेशी सवाल बारे थप
स्पष्टता ल्याएको प्रतिक्रिया दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का