२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

मधेश आन्दोलन र महिला विषयक पहिलो औपचारिक कार्यक्रमको आयोजना

२०७२, ७ फाल्गुन शुक्रबार २०:५७

udayapurअजयकुमार साह/फागुन ८, उदयपुर । मधेश आन्दोलन र नयाँ संबिधानमा महिला सहभागीता विषयक दुई
दिने गोष्ठि शुक्रबार सदरमुकाम गाईघाटमा सम्पन्न भएको छ ।

मधेशी
मुद्दामा पहिलो पटक आयोजना गरिएको सो कार्यक्रम “समाबेशी सवाल र लैगिक समानता आजको मुख्य आवश्यकता“
भन्ने नाराका साथ टेवा ललितपुरको सहयोग र मुलधार महिला सेवा केन्द्र (मासवेस)को आयोजनामा विहिबार देखी
आयोजना गरिएको थियो ।

कार्यक्रममा हाल सम्मको मधेश आन्दोलनको
समिक्षात्मक अन्तरक्रिया, आन्दोलनमा महिलाको सहभागिता र नयाँ संविधानमा महिलाहरुको हक सुनिश्चितताका
लागी हाल रहेका निति तथा नियम लगायतका बिषय बस्तु माथी छलफल गरिएको आयोजक संस्था मासवेसले जनाएको छ

सभाषद् शान्ति देबी चौधरीको प्रमुख आतिथ्यमा सुरु गरिएको सो
कार्यक्रममा महिला नेतृ, महिला तथा बालबालिका प्रमुख, अगुवा मधेशी बुद्धिजीवी लगायतको उपस्थिती रहेको
थियो । जिल्लाको तिनै निर्वाचन क्षेत्रका अगुवा महिला, समाजिक कार्यकर्ता लगायतका गरी करिब ५० जनाको
सभावेशी सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्य गरी ५ जना
सहजकर्ताहरुले सहजीकरण गरेका थिए । मधेश आन्दोलन र महिला सम्बन्धीका निति नियमको विषयमा सहजकर्ता युवराज
पराजुली, मधेश आन्दोलन–मधेशी मुद्दा र आन्दोलनमा महिला विषयमा अजयकुमार साह, लैङ्गिकता र कानुनी
प्रावधानको विषयमा लक्ष्मी चौधरी र वैजनाथ साह त्यसैगरी राजनितिमा महिला सवालको विषयमा नजबुल खान निलमले
सहजीकरण गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा
व्यक्तीत्वहरुको सहभागिताका साथै सवाल उपर टिकाटिप्पणी समेत लिएको थियो । भित्री मधेशको रुपमा रहेको
उदयपुर जिल्लामा मधेशी सवालमा औपचारिक रुपमा सो कार्यक्रम पहिलो पटक आयोजना गरिएको अधिकारकर्मी युवराज
पराजुलीले बताए । कार्यक्रमको सहभागीमा मधेशी तथा गैरमधेशी महिला तथा पुरुषको सहभागिता रहेको थियो ।
सहभागीहरुले विषय बस्तुको बारेमा केही जानकारी भएपनि कार्यक्रममा गरिएको सहजीकरणले मधेशी सवाल बारे थप
स्पष्टता ल्याएको प्रतिक्रिया दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै