Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बालबालिका विद्यालय बाहिर छैनन्

२०७५, २९ असार शुक्रबार ०४:३३

असार २९, बर्दिया | 'अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ । 

संघीय सरकारका शिक्षा, विज्ञान तथा प्र्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नगरपालिकामा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी बिहीबार घोषणा गर्नुभएको नगरपालिका, शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो । 

मन्त्री पोखरेलले मानव सूचांकका आधारमा पछाडि परेका सामुदायिक विद्यालयका सबै बालबालिकाका लागि दिवा खाजाको समेत व्यवस्था भएको बताउनुभयो । 

विद्यालय उमेर समूहका बालबालिका अब विद्यालय बाहिर छैनन् भनी बारबर्दिया नगरपालिकालाई नेपालमा सबैभन्दा पहिले घोषणा गरिएको नगरपालिकाले जिकिर गरेको छ । नगरपालिकाले मन्त्रालयले तोकेको मापदण्ड पूरा गरी सबैभन्दा पहिले घोषणा गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । मन्त्रालयले नेपालका ७७ वटै जिल्लालाई भदौ ३१ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी बालबालिकाको आधारभूत शिक्षाको सुनिश्चितता गरेको भनी घोषणा गर्न परिपत्रसमेत गरिसकेको छ । 

मापदण्डअन्तर्गत विद्यालयले भर्ना अभियान गरेको हुनुपर्ने, घरदैलो गरी पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गरेको हुनुपर्ने, अभिभावक तथा शिक्षकबीच भर्ना अभियानसम्बन्धी अन्तक्र्रिया तथा छलफल गरेको हुनुपर्ने, विद्यालयले आफ्नो कार्य क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका बाहिर नपरेको घोषणा भएको हुनुपर्ने छन् । 

नगरमा ४३ सामुदायिक विद्यालय र १६ संस्थागत विद्यालय छन् । नगरपालिकाको भर्ना अभियानअन्तर्गत १६ हजार ८० घरधुरीमा सर्भेक्षण गर्दा २८७ बालबालिका विद्यालय बाहिर रहेको पत्ता लागेको थियो । सामुदायिक विद्यालयमा १४ हजार ८०५, संस्थागत विद्यालयमा तीन हजार ८६४ र बालकक्षामा एक हजार ९१९ विद्यार्थी रहेको शिक्षा शाखा प्रमुख गोसार्इँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश