२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

२९ असार २०७५, शुक्रबार ०५:४७

असार २९, नुवाकोट | त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुर्याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । 

जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति पु¥याएपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द छ । 

विद्युत् उत्पादन गर्न सकिने भए पनि मर्मतका लागि बन्द गर्नुपर्ने बाध्यताले मंगलबार अपराह्नको आगलागीलगत्तै त्रिशूली र बुधबारदेखि देवीघाट जलविद्युत् केन्द्र बन्द गरिएको त्रिशूली जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । 

आगलागीबाट क्षति पुगेका टर्बाइनको मर्मतमा नेपाल विद्युत् प्राधिकरणका १५ जनाभन्दा बढी प्राविधिक खटिएको भट्टले बताउनुभयो । 

उहाँका अनुसार आगोले क्षति पुगेका ब्रेकर भैरहवा सवस्टेशनमा मौजुदा रहेकाले त्यहाँबाट ल्याउन पहल भइरहेको छ । 

“पूर्णक्षति भएका उपकरणको लगत लिएर सामग्री मगाएका छाँै ।” उहाँले भन्नुभयो, “आगो निभाउन फायर एक्सटिनगुइसर ग्यास पर्याप्त नभएपछि दमकलमार्फत पानीसमेत प्रयोग भएकाले त्यसको कारण क्षति पुगेका उपकरण कति भन्ने यकिन हुन अझै बाँकी छ ।” 

उहाँका अनुसार प्रारम्भिक लगतको आधारमा रु एक करोडभन्दा बढी क्षति पुगेको छ । त्रिशूली जलविद्युत् केन्द्र मर्मतका लागि पानी बन्द गर्नुपर्ने भएकाले त्यसको निकास पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र पनि बन्द गरिएको हो । 

बन्द भएका दुई जलविद्युत् केन्द्रको उत्पादन क्षमता ३५ मेगावाट रहेको र सो अवरुद्ध हुँदा दैनिक रु ५० लाखभन्दा बढीको विद्युत् उत्पादन रोकिएको त्रिशूली जलविद्युत् केन्द्रका वितरण शाखा प्रमुख सन्तोष कुमारले जानकारी दिनुभयो । 

उहाँको अनुसार क्षति पुगेका उपकरण मर्मत गर्न कम्तीमा एकसाता लाग्ने देखिएपछि यहाँका केन्द्रमार्फत वितरण भएको विद्युत्लाई बुधबार साँझदेखि राष्ट्रिय ग्रिडमार्फत जडान गरी विद्युत् सञ्चालन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य