पशु सेवा सन्धिखर्क शाखाको अगुवाइमा गरिएको अनुगमनमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पशु सेवा सन्धिखर्क शाखाको अगुवाइमा गरिएको अनुगमनमा "/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कमा रहेका मासु पसलको अनुगमनः कमी कमजोरी सुधार गर्न सुझाव

२०७५, २९ असार शुक्रबार १०:११

असार–२९, अर्घाखाँची | अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ ।


पशु सेवा सन्धिखर्क शाखाको अगुवाइमा गरिएको अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, सन्धिखर्क नगरका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली, जिल्ला पशुसेवा कार्यलयका बिस्नु पौडेल, सन्धिखर्क पसु सेवा शाखा प्रमुख राधा पान्डे,अर्घाखाँची उधोग बाणिज्य सघंका प्रतिनिधि लक्ष्मण कंडेल,बजार सुधार समितिका यमराज पान्डे,लगायतको उपस्थिति रहेको थियो ।


अनुगमनको क्रममा  उहांहरुले मूल्यमा एक रुपता गर्न देखिने गरि मूल्यसूची टाँस गर्न, एकै ठाउंमा मासुसंगै अन्य पसल संचालन नगर्न, दर्ता गरेर मात्रै पसल सञ्चालन गर्न र मासु काट्ने ठाउँ देखी बेच्ने ठाउंसम्म सरसफाइमा ध्यान दिन पसलेहरुलाई सुझाव दिनुभएको छ । “अहिले व्यवसायीमा देखिएका बिभिन्न कमी कमजोरीलाई सुधार गर्नका लागि सुझाव दिएका छौँ”, सहायक प्रजिअ थापाले भन्नुभयो, “केही समयपछि फेरि छड्के अनुगमन गर्छौं र सुधार नभएमा प्रचलित कानुन अनुसार कारबाही हुनेछ ।” मुल्यमा एकरुपता ल्याउन जिल्ला मासु व्यवसायी संघ अर्घाखाँचीले तोकेको मूल्यमा मासु बिक्री–वितरण गर्न पसलेहरुलाई अनुगमन टोलीले सुझाव दिएको छ ।

यसैबिच ,मासु ब्याबसायलाई व्यवस्थित रुपमा सन्चालन गर्नको निम्ती सन्धिखर्क पसु सेवा शाखाले हिजै मासु व्यवसायिहरुको बिचमा अन्तरक्रिया समेत गरेको छ ।जिल्लामा संचालित बिभिन्न मासु ब्याबसायिहरुको सहभागितामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख ठाकुर कुमार बि. क., प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, जिल्ला पशु सेवा कार्यालय निमित्त प्रमुख बिष्णु प्रसाद पौडेल र सन्धिखर्क २ का वडा अध्यक्ष मोतिजंग रायमाझीले मन्तव्य राख्दै बद्यशालादेखी भान्सा सम्म स्वच्छ र स्वस्थ मासुको उपयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने