पशु सेवा सन्धिखर्क शाखाको अगुवाइमा गरिएको अनुगमनमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पशु सेवा सन्धिखर्क शाखाको अगुवाइमा गरिएको अनुगमनमा "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कमा रहेका मासु पसलको अनुगमनः कमी कमजोरी सुधार गर्न सुझाव

२९ असार २०७५, शुक्रबार १०:११

असार–२९, अर्घाखाँची | अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ ।


पशु सेवा सन्धिखर्क शाखाको अगुवाइमा गरिएको अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, सन्धिखर्क नगरका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली, जिल्ला पशुसेवा कार्यलयका बिस्नु पौडेल, सन्धिखर्क पसु सेवा शाखा प्रमुख राधा पान्डे,अर्घाखाँची उधोग बाणिज्य सघंका प्रतिनिधि लक्ष्मण कंडेल,बजार सुधार समितिका यमराज पान्डे,लगायतको उपस्थिति रहेको थियो ।


अनुगमनको क्रममा  उहांहरुले मूल्यमा एक रुपता गर्न देखिने गरि मूल्यसूची टाँस गर्न, एकै ठाउंमा मासुसंगै अन्य पसल संचालन नगर्न, दर्ता गरेर मात्रै पसल सञ्चालन गर्न र मासु काट्ने ठाउँ देखी बेच्ने ठाउंसम्म सरसफाइमा ध्यान दिन पसलेहरुलाई सुझाव दिनुभएको छ । “अहिले व्यवसायीमा देखिएका बिभिन्न कमी कमजोरीलाई सुधार गर्नका लागि सुझाव दिएका छौँ”, सहायक प्रजिअ थापाले भन्नुभयो, “केही समयपछि फेरि छड्के अनुगमन गर्छौं र सुधार नभएमा प्रचलित कानुन अनुसार कारबाही हुनेछ ।” मुल्यमा एकरुपता ल्याउन जिल्ला मासु व्यवसायी संघ अर्घाखाँचीले तोकेको मूल्यमा मासु बिक्री–वितरण गर्न पसलेहरुलाई अनुगमन टोलीले सुझाव दिएको छ ।

यसैबिच ,मासु ब्याबसायलाई व्यवस्थित रुपमा सन्चालन गर्नको निम्ती सन्धिखर्क पसु सेवा शाखाले हिजै मासु व्यवसायिहरुको बिचमा अन्तरक्रिया समेत गरेको छ ।जिल्लामा संचालित बिभिन्न मासु ब्याबसायिहरुको सहभागितामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगर उप प्रमुख ठाकुर कुमार बि. क., प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, जिल्ला पशु सेवा कार्यालय निमित्त प्रमुख बिष्णु प्रसाद पौडेल र सन्धिखर्क २ का वडा अध्यक्ष मोतिजंग रायमाझीले मन्तव्य राख्दै बद्यशालादेखी भान्सा सम्म स्वच्छ र स्वस्थ मासुको उपयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा