2026-09-14 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कीर्ते नागरिकता बनाउने पक्राउ

असार ३०, गुलरिया, बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । 

बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ । 

बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए । गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन बाँसगढीमा पेश गरी ६५१२७४१२२२२ नंको नेपाली नागरिकता लिएकी थिइन् । विसं २०५५ फागुन ७ गते जन्मिएकी शर्माले नागरिकता प्राप्त गरेलगत्तै राहदानीका लागि सिफारिस लिएकी थिइन् । 

नागरिकता छानवीनकै क्रममा रहेकाले राहदानी वितरण हुन नसकेको प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले नागरिकता सिफारिश गर्ने गराउने र प्राप्त गर्नेविरुद्ध नगारिकता ऐनअनुसार कारवाही हुने बताउनुभयो । 

फरार प्रतिवादी पक्राउ 

जिल्ला अदालत बर्दियाको २०७२ माघ १४ गतेको फैसलानुसार जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद सजाय तोकिई हालसम्म फरार रहेका बाँसगढी –३ साविक बेलवा गाविस–६ बस्ने ३५ वर्षीय गंगाराम थारुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । उनलाई जिल्ला अदालत बर्दियामा पेश गरी शुक्रबार जिल्ला कारागार बर्दियामा चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले