२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी तुवाचुङ नगरपालिका ‘नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगर’

३० असार २०७५, शनिबार ०७:३३

चिसाङ शेर्पा | असार÷३० खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा भएको छ । नगरपालिका भित्रको एघारै वडामा गत चैत्रमा वर्थिङ सेन्टर स्थापना गरिएपछि पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा गरिएको हो । 


साविकका ७ गाविसमा यसअघि नै वर्थिङ सेन्टर स्थापना भइ सञ्चालन भईरहेको र स्थानिय सरकार कायमपछि गएको २०७४ फागुनदेखी क्रमशः मंगलटार, वडहरे, वाहुनीडाडाँ र गत चैत्र १ गते सल्लेमा वर्थिङ सेन्टर स्थापना भईसकेपछि शनिबार हलेसी तुवाचुङ नगरपालिकाको दोश्रो नगरसभाको दोश्रो दिन हलेसीस्थित होटल हलेसी भिलेजमा स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमयेर बिमला राईले पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा गरेका छन् ।


नगरपालिकाको एघार वडामा भएको वर्थिङ सेन्टरहरुमा तालिम प्राप्त दक्ष प्रसुतीकर्मी, सुत्केरी गराउने साधान चुस्तदुस्त रहेको छ । प्रत्येका वडामा वर्थिङ सेन्टर स्थापनापछि गर्भवती जाँचमा बृद्धि, संस्थागत सुत्केरी बृद्धि भएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले जानकारी दिनुभयो । पुर्ण वर्थिङ सेन्टर युक्त नगर घोषणाको उपलक्ष्यमा महादेवस्थान हलेसी बजारका गर्भवती महिलाद्धय परिता वस्नेत, मिनकला राईलाई फलफुल वितरण गरिएको थियो । 

घोषणासभाका प्रमुख अतिथि तथा स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले मन्त्रालयको अभिलेखमा हालसम्म पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका नभएको उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिका नेपालकैे पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका भएको घोषणा गरे । नगरपालिकाभित्रका सुत्केरी गराउने आमाहरुले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथमा नगरले एक वर्षमै नगरलाई पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकाका आम मानिस स्वस्थ भए नगर संमृद्ध हुन्छ । उनले भने, ‘नेपालको ७ सय ५३ स्थानिय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगर हो । यो हाम्रो एक वर्षभित्रको सभैभन्दा उल्लेखनिय प्रगतीमा पर्छ ।’

वर्थिङ सेन्टरमा सुत्केरीका समयमा आकस्मिक रुपमा देखा पर्ने अत्याधिक रक्तश्राप रोकथाम, बच्चा जन्मेपछि नरोएमा रुवाउने, मातृ तथा शिशु मृत्यदरमा कमी, वर्थिङ सेन्टरमा निशुल्क प्रसुती लिए वापत हजार रुपैयाँ यातायात खर्च र चार पटक नियमति गर्भजाँच गराएमा ४ सय रुपैयाँ रकम दिने गर्दछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो