2026-09-14 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको जडीबुटी उद्योग बन्द, यस्तो छ कारण

असार ३०, पाल्पा । पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ । 

गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित त्यस्ता उद्योग सरकारको स्पष्ट नीति र बजार अभावका कारण बन्द भएको हो । 

तिनाउँ गाउँपालिका–३ झुम्सास्थित जुडीबुटी कारखानामा विगत पाँच वर्षदेखि विभिन्न प्रशोधनयन्त्र तथा सरसामान काम नलाग्ने अवस्थामा पुगेका छन् । जडीबुटी पेल्ने मेसिन, आंैजारमा खिया लागेको छ । उद्योग बन्द भएपछि विभिन्न किसिमका सरसामान बिग्रिएका छन् । 

जडीबुटी उद्योग बन्द भएपछि एकजना हेरालुले कार्यालय कुर्दै आएका छन् । 

रु एक करोडको लागतमा सहकारीमार्फत सञ्चालनमा आएको उक्त उद्योगबाट तीतेपाती, काउलो हर्राेबर्राे, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायतका जडीबुटी प्रशोधन गरी बिक्री हुँदै आएको थियो । 

जिल्लालाई जडीबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने अभियानका साथ विसं २०५६ मा सहकारीमार्फत उक्त उद्योग सञ्चालनमा आएको थियो । 

शुरुका दिनमा उत्पादन गरेर बेचबिखन गरियो तर सहकारीमार्फत सञ्चालन भएकाले उद्योगको ट्रेडमार्क पाउन सकिएन, हामीले उत्पादन गरेको जडीबुटीको अर्काे पक्षलाई दिई अर्काको ट्रेडमार्कमा बिक्री गर्नुपर्ने बाध्यता रहेको सञ्चालक नारायणबहादुर जिसीले बताउनुभयो । 

अहिले उद्योगबाट सिलाजित बाहेक अन्य जडीबुटी प्रशोधन हुन सकेको छैन । “उद्योग सञ्चालनका लागि सहकारीका ९० जना शेयर सदस्यबाट रु एक करोड भन्दा बढी लगानी गरेका छौ तर उद्योग सञ्चालन गर्न नसक्दा शेयर सदस्यलाई सावासमेत फिर्ता गर्न नसकिएको हो,” उद्योग सञ्चालक झपेन्द्रबहादुर जिसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले