2026-09-14 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

राससकर्मीसहित पाँच पत्रकार सम्मानित

असार ३२, बाजुरा | बाजुराको बडीमालिका नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच रासस बाजुरा समाचारदातासहित पाँच जना पत्रकारलाई सम्मान गरेको छ । 

नगरपालिकाको विकासमा टेवा पुर्याउन सञ्चारमाध्यमबाट योगदान गरेको भन्दै सम्मान गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभयो । 

सम्मानित हुने पत्रकारमा राष्ट्रिय समाचार समिति बाजुरा समाचारदाता प्रेम रौले, नागरिक संवाददाता कृष्ण ओली, एभिन्युन टेलिभिजनका लक्ष्मीराज पाध्याय, अन्नपूर्ण पोष्ट समाचारदाता रमित विक र लोकतन्त्र विहानी सप्ताहिकका प्रकाशक प्रशान्तराज जोशी हुनुहुन्छ । उहाँहरूलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

त्यसैगरी जिल्लामा रहेका दुई इलेक्टोनिक सञ्चारमाध्यमलाई पनि सम्मानस्वरुप प्रशंसापत्र प्रदान गरिएको छ । जिल्लामा रहेका रेडियो बाजुरा र रेडियो पौरखीलाई समेत सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दले बताउनुभयो । 

आज गरिएको पत्रकार सम्मेलन तथा पत्रकार सम्मान कार्यक्रममा बडीमालिका नगरपालिकाले आव ०७५÷०७६को वार्षिक बजेट विनियोजन गरेको छ । 

सभाबाट पारित बजेटले सडक, खानेपानी, विद्युत्, पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाले रु ३६ करोड २८ लाख ६४ हजार ८३३ विनियोजन गरेको नगर प्रमुख बडुवालले सार्वजनिक गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ