२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

चिरकालिज लोप हुने अवस्थामा

२०७५, ३२ असार सोमबार ०७:४९

धु्रवसागर शर्मा/असार ३२, म्याग्दी | दुर्लभ मानिने चिरकालिज उचित वातावरणको अभाबका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एकवर्ष लगाएर जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएको हो । 

नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उहाँले लामो समय लगाएर चिरकालिजको अवस्था, वासस्थान, संख्या र लोप हुनाको कारणबारे अनुसन्धान गर्नुभएको हो । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिन्छ । 

साइटिस घोषणापत्र र आइयुसियन अन्तर्राष्ट्रिय संस्थाको ‘आइ’ सूचीमा राखिएको यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ ।नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि ३६ सय मिटरसम्मको भू–भागमा पाइने अनुसन्धानकर्ता चोखालले बताउनुभयो । नेपालमा करिब एक हजारको संख्यामा रहेको यो पक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटासम्म भएको अनुमान गरिएको छ । 

नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने यो चरा झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको उहाँको भनाइ थियो । यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ रातो, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । 

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुई पटक मात्र चिरचिर गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो ।उहाँका अनुसार यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । 

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गर्दछ । चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर म्याग्दी, बागलुङ र मध्य तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट खुल्न आएको छ । म्याग्दी जिल्लामा यो पक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको तटीय क्षेत्रमा पनि पाइएको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । 

अवैध चोरी शिकारी, आगोलागी, वासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको छ भन्दै उहाँले समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण, वासस्थानको संरक्षण तथा वासस्थानबीचको बाटो निर्माणका साथै थप अनुसन्धान गर्ने हो भने यो पक्षीको संरक्षण गर्न सहज हुने बताउनुभयो । उहाँका अनुसार पर्यापर्यटनको विकास जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तुको संरक्षणका लागि पनि चिरकालिजको संरक्षण गर्नु आवश्यक छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते