२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णाली प्रदेशमा ६६ प्रतिशत रोपाइँ

१ श्रावण २०७५, मंगलवार ०७:४९

साउन १, सुर्खेत | असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ । 

क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार कर्णाली अञ्चलका डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा कर्णाली प्रदेशमा ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन । सुर्खेत र दैलेखमा एक तिहाई मात्र रोपाइँ भएको छ । 

कर्णाली प्रदेशका हुम्लामा ९५ प्रतिशत, कालीकोटमा ९०, मुगुमा ७०, दैलेखमा ४०, सुर्खेतमा ५०, रुकुम पश्चिममा ८०, सल्यानमा ८५ र जाजरकोटमा ९५ प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिनुभयो । 

अघिल्लो वर्षको यही अवधिमा कालीकोटमा ७०, हुम्लामा नौ, मुगुमा ६५, दैलेखमा ४५, सुर्खेतमा ४०, रुकुममा ७०, सल्यानमा ७८ र जाजरकोटमा ८० प्रतिशत तथा डोल्पा र जुम्लामा शतप्रतिशत रोपाइँ भएको थियो । 

“अबको केहीदिनमै पानी नपरे खेत बाँझो रहने सम्भावना छ,” थापाले भन्नुभयो–“पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको छ ।” खाद्यान्न उत्पादन कम हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा खाद्यान्न संकट हुन सक्ने थापा बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य