२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

खानेपानी आयोजना निर्माण

२०७५, १ श्रावण मंगलवार ११:५०

साउन १, म्याग्दी | म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमका बासिन्दाले तीन वर्षको प्रयासमा रू दुई करोड ५१ लाख ३४ हजार ५४० को लागतमा खानेपानी आयोजना निर्माण गरेका छन् । 

कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ योजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । 

सो आयोजनाका लागि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट रु ७८ लाख ९९ हजार ८१४ र भारतीय दूतावासबाट रु ७५ लाख ७० हजार बराबरको निर्माण सामग्री प्राप्त भएको स्थानीय उपभोक्ताले रु एक करोड छ लाख ६४ हजार ७२६ बराबरको श्रम तथा नगद लगानी गरेका थिए । 

काफलडाँडाका ३० घरलाई नौ वटा सार्वजनिक धारा र ताकमका ३०० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । 

प्रतिघर एक सय दिनका दरले रु ९५ लाख बराबरको श्रमदान गरेका उपभोक्ताले रु एघार लाख ७७ हजार नगदसमेत लगानी गरेका थिए । महिनौंसम्म श्रमदान गरेका उपभोक्ता घरमै शुद्ध खानेपानी आपूर्ति हुन थालेपछि खुशी भएका स्थानीयवासी खिमबहादुर खत्रीले बताउनुभयो । 

मालिका गाउँपालिकाको जुक्जा र धौलागिरिको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमुलको मुहानबाट प्रतिसेकेण्ड चार लिटरका दरले पानी आपूर्ति गरिएको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुविधाका लागि मिटर सहितको निजी धारा जडान गरिएको छ । 

तेह्र वटा रिजर्भ ट्यांकीबाट खानेपानी वितरण गरिएको छ । यसअघि ताकमवासीको मागअनुसार आपूर्ति नहुँदा खानेपानीको समस्या हुँदै आएको थियो । बिहान ३ बजे उठेर धारामा पानी लिन जानुपर्ने समस्या अहिले हटेको स्थानीयवासी नीलकुमारी भण्डारीले बताउनुभयो । 

घरघरमा खानेपानी आउन थालेपछि धाराबाट गाग्री, ग्यालिन, बाल्टीबाट खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको वडाअध्यक्ष कलानिधि सुवेदीले जानकारी दिनुभयो । 

बाबियाचौर–झाँक्रेपानी पद्मार्ग निर्माण शुरु 

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पर्यटकीयस्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम शुरु गरेको हो । 

यसवर्ष गाउँपालिकाको रु चार लाख अनुदान र स्थानीयवासीको एक लाख चालीस हजार ८०४ बराबरको श्रमदानमा अर्मनको पुलचोकदेखि गहतेतर्फ जाने उकालो बाटोमा करीब डेढसय मिटर पक्की सिँढी सहितको पद्मार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव बलप्रसाद रोकाले बताउनुभयो । 

उहाँका अनुसार २३ घनमिटर क्षेत्रफल रहेको पदमार्गमा २०० वटा सिँढी छन् । आगामी वर्ष गहते, नेटा हुँदै झाँक्रेपानीसम्म थप पद्मार्ग विस्तार गर्ने योजना रहेको सचिव रोकाले बताउनुभयो । 

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित मंगला गाउँपालिका– ३ नं वडामा पर्ने झाँक्रेपानीबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि गुर्जा लगायतका हिमाल, पहाडी भूगोल, वनजंगल र सूर्योदयको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । 

झाँक्रेपानीमा यसवर्ष गाउँपालिकाको रु दुई लाख सहयोगमा करिब एक सय मिटर पदमार्ग निर्माण गरी भ्यु टावर बनाउन जग खनिएको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रोकाले बताउनुभयो । 

यसैबीच अन्नपूर्ण गाउँपालिका– ५ शिखको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आठ मिटर लामो पुल निर्माण गरेका हुन् । पुल निर्माण भएपछि शिख, तल्लो शिख, खिवाङ र पेनाला गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर राम्जालीले बताउनुभयो । 

यसबाट करीब दुईसय घरधुरी लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक्यापले रु एक लाख ४५ हजार उपलब्ध गराएको थियो । पुल निर्माणका लागि तल्लो शिख युवा क्लबले रु एक लाख लगानी गरेको उक्त क्लबका तुलबहादुर गर्बुजाले बताउनुभयो । शिखलाई विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पद्मार्गले समेटेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते