२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

खानेपानी आयोजना निर्माण

१ श्रावण २०७५, मंगलवार ११:५०

साउन १, म्याग्दी | म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमका बासिन्दाले तीन वर्षको प्रयासमा रू दुई करोड ५१ लाख ३४ हजार ५४० को लागतमा खानेपानी आयोजना निर्माण गरेका छन् । 

कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ योजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । 

सो आयोजनाका लागि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट रु ७८ लाख ९९ हजार ८१४ र भारतीय दूतावासबाट रु ७५ लाख ७० हजार बराबरको निर्माण सामग्री प्राप्त भएको स्थानीय उपभोक्ताले रु एक करोड छ लाख ६४ हजार ७२६ बराबरको श्रम तथा नगद लगानी गरेका थिए । 

काफलडाँडाका ३० घरलाई नौ वटा सार्वजनिक धारा र ताकमका ३०० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । 

प्रतिघर एक सय दिनका दरले रु ९५ लाख बराबरको श्रमदान गरेका उपभोक्ताले रु एघार लाख ७७ हजार नगदसमेत लगानी गरेका थिए । महिनौंसम्म श्रमदान गरेका उपभोक्ता घरमै शुद्ध खानेपानी आपूर्ति हुन थालेपछि खुशी भएका स्थानीयवासी खिमबहादुर खत्रीले बताउनुभयो । 

मालिका गाउँपालिकाको जुक्जा र धौलागिरिको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमुलको मुहानबाट प्रतिसेकेण्ड चार लिटरका दरले पानी आपूर्ति गरिएको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुविधाका लागि मिटर सहितको निजी धारा जडान गरिएको छ । 

तेह्र वटा रिजर्भ ट्यांकीबाट खानेपानी वितरण गरिएको छ । यसअघि ताकमवासीको मागअनुसार आपूर्ति नहुँदा खानेपानीको समस्या हुँदै आएको थियो । बिहान ३ बजे उठेर धारामा पानी लिन जानुपर्ने समस्या अहिले हटेको स्थानीयवासी नीलकुमारी भण्डारीले बताउनुभयो । 

घरघरमा खानेपानी आउन थालेपछि धाराबाट गाग्री, ग्यालिन, बाल्टीबाट खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको वडाअध्यक्ष कलानिधि सुवेदीले जानकारी दिनुभयो । 

बाबियाचौर–झाँक्रेपानी पद्मार्ग निर्माण शुरु 

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पर्यटकीयस्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम शुरु गरेको हो । 

यसवर्ष गाउँपालिकाको रु चार लाख अनुदान र स्थानीयवासीको एक लाख चालीस हजार ८०४ बराबरको श्रमदानमा अर्मनको पुलचोकदेखि गहतेतर्फ जाने उकालो बाटोमा करीब डेढसय मिटर पक्की सिँढी सहितको पद्मार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव बलप्रसाद रोकाले बताउनुभयो । 

उहाँका अनुसार २३ घनमिटर क्षेत्रफल रहेको पदमार्गमा २०० वटा सिँढी छन् । आगामी वर्ष गहते, नेटा हुँदै झाँक्रेपानीसम्म थप पद्मार्ग विस्तार गर्ने योजना रहेको सचिव रोकाले बताउनुभयो । 

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित मंगला गाउँपालिका– ३ नं वडामा पर्ने झाँक्रेपानीबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि गुर्जा लगायतका हिमाल, पहाडी भूगोल, वनजंगल र सूर्योदयको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । 

झाँक्रेपानीमा यसवर्ष गाउँपालिकाको रु दुई लाख सहयोगमा करिब एक सय मिटर पदमार्ग निर्माण गरी भ्यु टावर बनाउन जग खनिएको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रोकाले बताउनुभयो । 

यसैबीच अन्नपूर्ण गाउँपालिका– ५ शिखको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आठ मिटर लामो पुल निर्माण गरेका हुन् । पुल निर्माण भएपछि शिख, तल्लो शिख, खिवाङ र पेनाला गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर राम्जालीले बताउनुभयो । 

यसबाट करीब दुईसय घरधुरी लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक्यापले रु एक लाख ४५ हजार उपलब्ध गराएको थियो । पुल निर्माणका लागि तल्लो शिख युवा क्लबले रु एक लाख लगानी गरेको उक्त क्लबका तुलबहादुर गर्बुजाले बताउनुभयो । शिखलाई विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पद्मार्गले समेटेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की